बाघको जस्तो देखिने दाँत र श्रोत नखुलेको नगद सहित पक्राउ


मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट बाघको जस्तो देखिने दाँत १ थान र श्रोत नखुलेको नगद १ लाख ५२ हजार रुपैयाँ सहित सोही उपमहानगरपालिका-६ बस्ने ५९ वर्षीय भिम रावतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त दाँत र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


Loading comments...