Lifestyle Portal
  •   २० आश्विन २०७९, बिहीबार

पिरु हत्याका आरोपी दीपेन्द्र पक्राउ

१२ मंसिर २०७८, आईतवार २२:५७

लोकप्रिय

बझाङ । जयपृथ्वी नगरपालिका-७ ज्वाडा बस्ने ४६ वर्षीय पिरू भण्डारीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

रोजगारीको लागि भारततर्फ जाँदै गरेका छोरालाई सडकसम्म गएर बस चढाई घरतर्फ फर्किने क्रममा मादक पदार्थ सेवन गरेका पीरूले सोही ठाउँस्थित दिपेन्द्रको पानी घट्टभित्र दिपेन्द्रलाई गालीगलोज गरेको र दिपेन्द्रले सम्झाउँदा उल्टै बलेको अगुल्टोले प्रहार गरेपश्चात दिपेन्द्रले कुटपिट गर्दै वाहिर धकेल्दा पछारिई घाइते भएका पीरूको उपचारको लागि जिल्ला अस्पताल बझाङ पुर्‍याउँदा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले दिपेन्द्रलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको

प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका  पाँच जना पुरुष मध्ये

काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्‍वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई

मोरङ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय