भारतका विदेशमन्त्री डा एस जयशंकर (ईएएम) द्वारा भिडियो सन्देशमार्फत नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन


भारतीय विदेशमन्त्री डा एस जयशंकर (ईएएम) ले आज भिडियो सन्देशमार्फत नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभएको छ ।

उनले सन् २०१५ को भूकम्पबाट नेपालले सिकेका र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर आपतकालीन प्रतिकार्य, पुनर्निर्माण र पुनःस्थापनाका अनुभवहरूबारे छलफल गर्ने बहुमूल्य अवसर प्रदान गर्ने यो कार्यक्रम आयोजना गरेकोमा नेपाल सरकारलाई बधाई दिए। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत पनि सहभागी थिए ।

आफ्नो सम्बोधनमा इएएमले २०१५ जुन २५ मा नेपालको पुनर्निर्माण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा भारत सरकारले भूकम्पपीडितको पुनर्निर्माणका लागि १ अर्ब अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको बताएका थिए । यसको एक चौथाइ स्वास्थ्य, सांस्कृतिक सम्पदा, आवास र शिक्षा क्षेत्रमा उपयोग गर्न अनुदान सहायताको रूपमा दिने प्रतिबद्धता जनाइएको थियो। विगत पाँच वर्ष वा सोभन्दा बढी अवधिमा भारतले नेपाल सरकारले पहिचान गरेका विभिन्न प्राथमिकताका क्षेत्रहरू अन्तर्गतको प्रतिबद्धतालाई उल्लेख्य रूपमा पूरा गरेको छ।

परराष्ट्रमन्त्रीले भारतीय सहयोगमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजि सञ्चालित घरको पुनर्निर्माण सम्पन्न भएको पनि  बताए । स्वास्थ्य, शिक्षा र संस्कृतिका बाँकी क्षेत्रका आयोजना पनि अघि बढिरहेका छन् । नेपालका विभिन्न भूकम्प प्रभावित जिल्लाहरूमा ७० विद्यालय र पुस्तकालय, १ सय ३२ स्वास्थ्य सुविधा र २८ सांस्कृतिक सम्पदा क्षेत्रका आयोजनाहरूको पुनर्निर्माणको लागि भारत सरकारले आर्थिक सहयोग गरिरहेको छ ।

उनले विनाशको भग्नावशेषबाट आफ्नो जीवन र समुदायको पुनर्निर्माण गरेका  नेपाली जनताको साहसको प्रशंसा गरे। उनले यस वाट सिकेका पाठ र पुनर्निर्माणको क्षमतालाई समग्र विकासको प्राथमिकतामा मूलप्रवाहमा ल्याइने भएकाले त्यस्ता समर्पित प्रयासबाट नेपालको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न हुन लागेको बताए ।

ईएएमले नेपालसँग भारतको विकास सहयोग बहुआयामिक र बहुस्तरीय  भएकोमा जोड दिए  जुन  समयको परीक्षामा खडा उभिन सफल भएको छ। उनले हाम्रो पारस्परिक सहयोग मानव प्रयासको हरेक क्षेत्रमा फैलिएको  र यो दुई देशका जनतालाई जोड्ने अन्तर्क्रियात्मक गन्तव्य र विकास मार्गहरूद्वारा परिभाषित रहेको कुरा जानकारी गराए।

यस प्रक्रियामा कसैलाई पनि पछि नछोड्ने र राम्रोसँग पुनर्निर्माण गर्ने कार्यलाई अगाडि बढाउन विनाशको खरानीबाट निस्किएको नेपाली राष्ट्रको भावना र साहसको ईएएमले प्रशंसा गरे। उनले भूकम्पपछिको पुनर्निर्माणको नेपालको यात्रामा भारत र त्यहाँका जनताले योगदान दिनु गौरवको विषय भएको बताए । यस सम्बन्धमा हाम्रो साझेदारीले हाम्रा दुई महान देशहरूबीचको सम्बन्धको स्थायित्व र दृढताको  पनि प्रमाण दिन्छ।


Loading comments...