रोष्ट एण्ड र्‍याप ब्याटल – Roast & Rap Battle को ताजा श्रृंखलामा ट्रिपल रोलमा कमेडियन त्रिताल


विगत ५ वर्षदेखि नेपाली स्ट्याण्डअप कमेडीमा निरन्तरता दिंदै आएको NepGasm Comedy ले पछिल्लो समय हास्य विधामा फरक प्रयोग गर्दै आएको छ । Stand-UP विधा बाहेक नेपग्याजमले युवावर्गलाइ लक्षित गर्दै Roast & Rap Battle, नेपग्याजम बहस तथा प्रहसन विधामा “नाटकै हो” मार्फत् मनोरञ्जन प्रदान गर्दै आएको छ ।

आज साँझ ७ बजे Roast & Rap Battle को ताजा श्रृंखला सार्वजनिक गर्दै नेपग्याजम नियमित कार्यक्रम शैली तथा प्रयोग भन्दा अगाडी बढिसकेको देख्न सकिन्छ । सार्वजनिक श्रृंखलामा कलाकार लेखमणी त्रितालद्वारा प्रस्तुत तीन फरक पात्र (लेखमणी त्रिताल, रमेश अंकलको छोरो र रमेश चाचा के लैका) लाई एउटै स्क्रिनमा एकअर्कासँग उडन्ते पारामा ब्याटल गर्दै गरेको देख्न सकिन्छ । ट्रेलरमा झै यसमा पनि दर्शकहरूको राम्रो प्रतिक्रिया सहितको सहभागिता जनाएका छन् ।

लेखमणी त्रितालले आफ्नो हरेक Stand-UP कमेडीको श्रृंखलामा एउटा नछुटाई लिने नाम हो उनको साथी रमेश अंकलको छोरोको । उनै रमेश अंकलको पात्रले अनस्क्रिन लेखमणीसँग गरेको ब्याटल हेर्न लायक छ । कार्यक्रमलाई सहजीकरण गरेका छन् तराईभाषीको हाउभाउ र भेषमा रहेका रमेश चाचा के लैकाले । कार्यक्रमको उद्घोषण शैली र अन्य दुई पात्रलाई उनले ब्याटलका लागि राम्ररी सहजीकरण गरेका छन् ।

नेपग्याजमका संस्थापक अध्यक्ष तथा निर्देशक शरद श्रेष्ठ

“चुनौतीपूर्ण यस श्रृंखलालाई हामीले उत्पादन, निर्देशन तथा पोष्ट प्रडक्शनमा कुनै सम्झौता गरेका छैनौ, यो प्रयोग लेखमणीका लागि चुनौतीपूर्ण मात्र थिएन कि यसमा संलग्न प्रडक्शन टोलीलाई पनि यो एउटा अवसर सहितको परिक्षाको घडि जस्तै थियो । वि डिड इट” लामो साँस लिंदै नेपग्याजमका संस्थापक अध्यक्ष तथा निर्देशक शरद श्रेष्ठले लाइभमाण्डूलाई बताउनुभयो ।

केही लगनशिल तथा हास्य कलामा प्रयोग गर्न रुचाउने युवाहरुबाट ५ वर्ष अघि स्थापना भएको नेपग्याजमले युवा पुस्तामा हास्यकलाको एउटा लोकप्रिय विधा Stand-UP कमेडी मार्फत नेपाली दर्शकहरुका लागि नियमित हाँसोको डोज पस्किदै आएको छ । युवाहरुमाझ अत्याधिक रुचाइएका नेपग्याजमका चर्चित स्ट्याण्डअप कमेडियन त्रितालले आफ्ना स्ट्याण्डअप कमेडीका सामाग्रीहरुमा आफ्नो साथी रमेश अंकल छोरोको प्रशङ्ग, उसको हाउभाउ, उसको उत्पट्याङ लवज तथा घटनाहरुलाइ भिडियोमा समावेश गर्दैआएका छन् भने रमेश चाचा के लैकालाइ तराइको पात्रको रुपमा पस्किदै आएका छन् ।

७ जनाको कलाकार टोलीलाइ विभिन्न हास्य सामाग्रीहरुमा समेट्दै आएको नेपग्याजमले भर्खरै Roast & Rap Battle को ताजा श्रृंखलाका लागि एउटा फरक प्रयोग सहितको ट्रेलर आफ्नो आधिकारिक YouTube च्यानल मार्फत् सार्वजनिक गरेको थियो ।

नेपग्याजमका निर्देशक तथा सिइओ ज्ञानेन्द्र राज मिश्र

“Roast & Rap Battle को यो श्रृंखलालाई हामीले आफ्नो पहिलो प्रोजेक्ट गरेझै मिहिनेत र गुणस्तरमा कुनै सम्झौता गरेनौ, यसको उत्पादन चुनौतीपूर्ण त थियो नै रोमाञ्चक पनि थियो । लेखमणीले यसमा तीनवटै पात्रका लागि चयन गरेको शब्द तथा फेसियल एक्सप्रेशनमा मिहिनेत देखिन्छ, सम्पादक भुवन लम्साल तथा उकेस लम्सालले फिनिसिङ तथा यस्तो चुनौतीपूर्ण क्यामेरावर्कमा अब्बल क्यामेराम्यान आवेश बज्राचार्य र सहयोगी सचिन शर्माले गरेको राम्रो मिहिनेतको नतिजा सार्वजनिक गरेका छौं, हेरेर प्रतिक्रिया अवश्य दिनुहोला ।” नेपग्याजमका निर्देशक तथा सिइओ ज्ञानेन्द्र राज मिश्रले बताउनुभयो ।

नेपग्याजमका व्यवस्थापकिय निर्देशक आशिष शाही

“ठ्याक्कै त भन्न सकिन्न तर जारी सामाग्री सम्भवत यस वर्गको हास्य सामाग्री विधाहरुमा नेपालमैं यो पहिलो प्रयोग हुनसक्छ, नेपग्याजमको परिकल्पना र लेखमणी त्रितालको लेखनमा यो सामाग्री हामीले तयार पारेका हाैं” नेपग्याजमका व्यवस्थापकिय निर्देशक आशिष शाहीले बताउनुभयो ।

कलाकार लेखमणी त्रिताल

Suzuki Burgman Street स्कुटिद्वारा प्रायोजित Roast & Rap Battle को यस विशेष श्रृंखलामा ट्रिपल रोलमा देखिएका कलाकार त्रिताल भन्छन्, “मलाइ धेरै अघिदेखि आफूले अभिनय गरेका पात्रहरुलाई एउटै स्क्रिनमा ल्याउने मनैदेखिको रहर थियो । मेरो टिमलाई यो कुरा जानकारी थियो । तर, कहिले कोरोना, कहिले लकडाउन, कहिले के त कहिले केले गर्दा काम गर्न सकिएको थिइएन । केही दिन अघि साथीहरुको बसाइमा ट्रिपल रोल गर्ने कुरो भयो र सामाग्री तयार पनि गर्याैं । म उत्साहित छुँ, मिहिनेत साथ यसको उत्पादन तथा सम्पादनमा एउटा राम्रो अभ्यास गरेका छाैं, दुवै ट्रेलरमा दर्शकले देखाउनुभएको प्रतिक्रिया तथा जोशलाई फाईनल श्रृंखलाले निराश पार्ने छैन, यसले यहाँहरुलाई सम्पूर्ण रुपमा मनोरञ्जन प्रदान गर्नेछ ।”

ट्रिपल रोलमा ब्याटल गरेका लेखमणीको Roast & Rap Battle को श्रृंखला यहाँ हेर्नुहोस्ः



Loading comments...