
सरस्वती अधिकारीको निर्देशन तथा लेखनमा ” तैं चुप, मैं चुप” नाटक मञ्चन
२३ मंसिर २०७८, बिहीबार २१:२५
काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप” नाटक प्रस्तुत गरेको छ ।
नाटकको निर्देशन तथा लेखन सरस्वती अधिकारीले गर्नुभएको हो भने, ९ जना पात्रहरूको संयुक्त प्रस्तुतमा नाटक मञ्चन गरिएको थियो ।
नाटकले समाजमा भईरहेको लैङ्गिक हिंसा विरूद्ध तीन वटा मुख्य समस्याहरूलाई प्रमुख विषय बनाएको थियो ।
“नाटकले घरभित्र हुने, सार्वजनिक सवारीसाधनमा हुने र शैक्षिक संस्थाहरूमा हुने महिला हिंसालाई प्रमुख समस्याको रूपमा प्रस्तुत गरेको निर्देशक सरस्वती अधिकारीले जानकारी दिनुभयो ।”
अधिकारीले, “नाटक बिहिबार बुढानिलकण्ठ नगरपालिकाको विभिन्न विद्यालयहरूमा मञ्चन गरिएको र विद्यार्थीहरूको उल्लेख रूपमा उपस्थित भएको जानकारी दिनुभयो ।
नाटकमा प्रभाकर न्यौपाने, शालिकराम भण्डारी, तारा केसी, सरस्वती अधिकारी, सुवास सुवेदी, विकल्प अधिकारी, प्रसुन न्यौपाने, रविन दोङ तथा सुशील ठकुरीको भुमिका रहेको थियो ।
कचहरी नाटक शुक्रबार पनि मञ्चन गरिने अधिकारीले जानकारी दिनुभयो
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा