Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

क्याम्पस चलाउन काठमाडौं महानगरपालिकालाई प्रस्ताव, छलफल गर्ने मेयर शाक्यको भनाई

९ पुष २०७८, शुक्रबार २३:४९

काठमाडौं । काठमाडौंको कुलेश्वरमा रहेको जनमैत्री बहुमुखी क्याम्पसले सहकार्यका लागि काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरेको छ ।
क्याम्पसको ३१ औं वार्षिकोत्वसको अवसरमा बुधबार भएको कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख भोलानाथ ओझाले महानगरले क्याम्पस चलाउने तयार भए आफूहरू तयार रहेको बताएका हुन् । उनले भने,“काठमाडौं महानगरपालिकाले कलेज चलाउन चाहन्छ भने भक्तपुर नगरपालिकाले ख्वप कलेज चलाएजस्तै काठमाडौं महानगरपालिका र यस जनमैत्री बुहमुखी क्याम्पसबीच समन्वयकारी भूमिका निर्वाह गरेर क्याम्पस सञ्चालन गर्न राम्रै हुन्थ्यो होला भनेर २ वर्ष पहिले प्रस्ताव गरेका थियौं र आजपनि यो प्रस्ताव हाम्रो यथावत छ ।”

२०७६ मा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत(क्यूएए) जनमैत्री बहुमखी क्याम्पसमा अहिले १६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जनमैत्री बुहमुखी क्याम्पस क्युएए प्राप्त काठमाडौंको पहिलो क्याम्पस हो । वार्षिकोत्सव कार्यक्रम कार्यक्रममा सहभागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले क्याम्पसको प्रस्तावबारे आफूले छलफल गर्ने आश्वासन दिए ।

शिक्षा क्षेत्रमा ठूलो रकम छुट्टाएर भौतिक पूर्वाधारको क्षेत्रमा राम्रो गरेपनि त्यो भन्दा माथि आफूहरू जान नसकेको बताए । उनले भने,“ यस प्रस्तावबारे म छलफल गर्छु तर काम गर्न सहज भने छैन, नगर्दा किन गरेन भन्ने हुन्छ गर्दा मेरो कलेज किन नगरेकोको अर्को किन गरेको भनेर प्रश्न उठाएर खेद्न सुरु गर्छन् ।”

महानगरले कलेज सञ्चालनबारे कसरी व्यवस्थापन गर्न सकिन्छ कार्यपालिककामा छलफल गर्ने मेयर शाक्यले बताए । उनले भने,“ कसरी व्यवस्थापन गर्न सकिन्छ हामी छलफल गर्ने तयार छौं ।”

क्याम्पले विभिन्न कार्यक्रम गरेर साताव्यापी रुपमा आफ्नो वार्षिकोत्सव मनाएको हो । कार्यक्रम अन्तर्गत, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, टबलटेनिस, भलिबल, उपत्यका व्यापी क्विज, फुडफेष्टिबल लगायतका प्रतियोगिता भएका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार