भारतको महावाणिज्य दूतावासद्वारा खुला मंचको आयोजना


“आजादी का अमृत महोत्सव” विशेष सप्ताह अन्तर्गत, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा २५ डिसेम्बर २०२१ मा वाणिज्य दूतावास परिसर भित्र “Open House for Consular Grievances” (कांसुलर शिकायतों के लिए खुला मंच) आयोजना गरियो । खुला मंचको अध्यक्षता कन्सुल जनरल नितेश कुमार द्वारा गरिएको थियो । कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरुको नियमित बाहेकका गुनासोहरुलाई सम्बोधन गर्नु थियो ।

कार्यक्रममा पर्सा र बाराका कलकारखानामा कार्यरत करिब ३० जना भारतीयका गुनासो सम्बोधन गरिएको थियो ।


Loading comments...