अवैध लागूऔषध सहित पक्राउ तथा बरामद


काठमाडौं, नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने सोलुखुम्बु सल्लेरी-१ घर भएका १८ वर्षीय किशोरलाई करिब ४ सय ग्राम अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने वस्तु र १ सय २० पिस नाइट्राभेट ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-१ वरगाछीस्थित रतुवा खोलाको बगरबाट करिब ८ केजी १ सय ६० ग्राम अवैध लागूऔषध गाँजा सहित ईलाम माङसेवुङ गाउँपालिका-६ बस्ने ४६ वर्षीय विर कुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-३२ सातमुहानेबाट करिब १ केजी २ सय ३० ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रुकुम भुमे गाउँपालिका-२ घर भएकी ५६ वर्षीया कुमारी बुढा मगर र पोखरा महानगरपालिका-३२ खुदिखोला बस्ने २९ वर्षीय बिकास थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सडकबाट करिब ८ ग्राम ५ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ महेशपुर २८ वर्षीय प्रमान्नद साह र सिरहा धनगढीमाई नगरपालिका-११ शान्तिपुर बस्ने २८ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् । प्रदेश २-०१-००१ प ३१४० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-११ कोशी बाँधको पक्की सडक छेउमा धानको परालले लुकाई राखेको करिब ४० केजी अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Loading comments...