Lifestyle Portal
  •   १२ माघ २०७८, बुधबार
NRNA logo

एनआरएनएद्धारा ओमिक्रोन बारे जनचेतना सम्बन्धी स्वास्थ्य सामग्री प्रकाशन

१९ पुष २०७८, सोमबार २०:००

लण्डन । कोराना भाइरसको ओमिक्रोन भेरियन्ट बारे जनचेतना दिने उदेश्यले गैरआवासीय नेपाली संघले स्वास्थ्य सम्बन्धी सामग्री प्रकाशन गरेको छ ।

संघको स्वास्थ्य समितिका अनुसार एनआरएनए स्वास्थ्य विशेषज्ञहरूले ओमिक्रोन भेरियन्ट र कोरोना भाइरस सम्बन्धी प्रश्नहरु र ती सम्बन्धी विषयमा जवाफ तयार गरेका छन् ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार समितिले आमजनताका लागि ओमिक्रोन भेरियन्ट र कोरोना भाइरस सम्बन्धी सामान्य प्रश्नको जवाफ तयार परेर सो सामग्री सोमवार सार्वजनिक गरेको हो ।

प्रारम्भिक तथ्याङ्कले ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्टको तुलनामा धेरै ट्रान्समिसिबल तर कम गम्भीर रहेको देखाएको स्वास्थ्य समितिले जनाएको छ ।

डा. सापकोटाले विश्वभरका नेपालीहरुलाई ओमिक्रोनलाई गम्भीरतापूर्वक लिन आगू गरेका छन् । ृउनले भाइरस लाग् नदिन सबै रोकथामका उपायहरू जारी राख्नु पर्ने बताए ।
संघद्धारा प्रकाशित स्वास्थ्य जनचेतना सामग्रीमा ओमिक्रोनको प्रभाव, बच्ने उपाए, बुस्टर डोज लगायतको बारेमा जानकारी लिइएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पक्षलाई पाखा पारेर निर्वाचनमा कसरी पहिलो पार्टी बनाउनुहुन्छ भन्दै प्रश्न