माओवादी केन्द्रीय कार्यलयमा ६ जनामा कोरोना संक्रमण पुष्टि, प्रचण्डलले गरे भेटघाट बन्द


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यलयका कर्मचारीहरूलाई कोरोना भाइरस संक्रम पुष्टि भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण भेटघाट बन्न गरेका छन् । प्रचण्डका स्वकीय सचिवालयले आज एक सूचना जारी गर्दै स्वास्थ्य सतर्कताको कमिका कारण सम्पूर्ण भेटघाटको काममा रोक लागाएको बताएको छ ।

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं’, सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय कार्यालयमा समेत कोरोना संक्रमण देखिएको भन्दै प्रचण्डका सचिवालयले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ ।
केन्द्रीय कार्यलय सचिव श्रीराम ढकालका अनुसार क्यान्टिनमा तीन जनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । त्यस्तै कार्यलयमा लेखा प्रमुख राजन पराजुली र कार्यलय सचिव डोरप्रसाद उपाध्यायलाई संक्रमण पुष्टि भएको ढकालले जानकारी दिएका छन् । यसैगरी सुरक्षातर्फ साजन थापालाई कोरोना संक्रमण पुष्टि भएको ढकालले जानकारी दिए ।


Loading comments...