
कस्तो छ मौसमको मूडः आगामी तीन दिनको मौसम पूर्वानुमान
३ माघ २०७८, सोमबार ०८:३८
हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ साथै देशका अन्य प्रदेशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ ०३ गते (सोमबार)
दिउँसो: सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।
राती: पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
२०७८ माघ ०४ गते (मंगलबार)
दिउँसो: पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
राती: पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
२०७८ माघ ०५ गते (बुधबार)
दिउँसो: पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
राती: पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपातको संभावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said