मौसमको मूडः कस्तो रहनेछ आगामी तीन दिनको मौसम?


हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा आन्शिक बदली को अवस्था रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु/कुहिरो लागि रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ ०५ गते (बुधबार)
दिउँसो: सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

राती: देशको पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने छ । सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

२०७८ माघ ०६ गते (बिहीबार)
दिउँसो: देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । हरेक प्रदेशका थोरै-थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।

राती: देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।

२०७८ माघ ०७ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।

राती: देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।


Loading comments...