बलात्कारको अभियोगमा पक्राउ


मोरङ, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवर्षी नगरपालिका-७ बरडंगा बस्ने २२ वर्षीय सुरेन्द्र रिषिदेवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुरेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Loading comments...