महानायक राजेश हमाल एपोलो पेन्टसको ‘ब्राण्ड एम्बेस्डर’


एपोलो पेन्टस प्रा. लि. ले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत् नेपाली चलचित्रका महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ ।

ओमीक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले सिमित संञ्चारकर्मीहरुका माझ सो कुराको जानकारी गराएको हो ।

“एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसंग एपोलो पेन्टस” भन्ने मन्त्र सहित उपभोक्ता तथा आमजनमानसमा अझ बढी लोकप्रिय ब्राण्ड बनाउन महानायक राजेश हमालज्यूलाई ब्राण्ड एम्बेसडरको रुपमा अनुवन्धित गरिएको कुरा कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कम्पनीको बारेमा
एपोलो पेन्ट्स कम्पनी भरतपुर ९, चितवनमा २०६१ साल वैशाख ७ गते दर्ता भई स्थापना भएको हो । विगत १७-१८ वर्ष देखि अनवरत रूपमा संघर्ष गर्दै नेपाली उपभोक्ताको माग बमोजीम इनामेल, प्राइमर र सिमेन्ट पेन्ट्स उत्पादन गरि व्यवसाय सुरु गरेको उद्योगले आज आएर आधुनिक घरहरूलाई सुहाउँदो तथा आवश्यकता अनुसार अन्तराष्ट्रिय गुणस्तरको उच्चकोटीका रंड, उत्पादन गर्दै आएको यस कम्पनीले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरि नेपाली पेन्ट्स मध्यको अग्रहणी स्थानमा रहन सफल भएको छ । जारी विज्ञप्तीमा “कम्पनीको प्रमुख उद्देश्य स्वदेशी पुँजीबाट वस्तुहरू उत्पादन गरि, स्वदेशमैं रोजगारी सृजना गर्ने उद्देश्यका साथ स्थापना भएको” उल्लेख गरेको छ ।

यसको बजारीकरण
यो कम्पनी नेपाली पेन्ट्स कम्पनीहरुमाझ अग्रहणी कम्पनी हो , यसकोबजार हिस्सा ८–१०% भएको अनुमान गरेका छौ । यसका उत्पादन नेपालको सातै प्रदेश शाखा कार्यालय, विक्रीकक्ष राखि पूर्व मेची देखि पश्चिमा महाकाली, उत्तरमा भोट र दक्षिण तराई मधेशसम्म विक्री वितरण तथा सेवा विस्तार गर्दैआएको छ ।

उपभोक्ताको चाहना अनुसार विभिन्न ग्रेडका तथा हजारौ कलर सेंड, आधुनिक मेशीन मार्फत उत्पादन गरि बिक्री वितरण गर्दै आएका छौं । हाम्रो उत्पादन प्रकृति मैत्री, हेल्दी, लिड फ्रि भएको दावी कम्पनीले गरेको छ ।

घोषणा कार्यक्रमको भिडियो हेर्नुहोस्


Loading comments...