Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

कैँची प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

१० माघ २०७८, सोमबार २१:४०


काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-९ घर भएका २२ वर्षीय केशव तिमल्सिनालाई धारिलो हतियार कैँची प्रहार गरी घाइते बनाएको अभियोगमा मोरङ घर भई हाल भक्तपुर सूर्यबिनायक बस्ने ३३ वर्षीय बिनोद आचार्यलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले तिमल्सिनालाई कैँची प्रहारबाट घाइते भएको अवस्थामा फेला पारी उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल हुँदै थप उपचारको लागि वीर अस्पताल पठाउनुका साथै घटनामा संलग्न बिनोदलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको

प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका  पाँच जना पुरुष मध्ये

काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्‍वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई