काकरभिट्टा नाकाबाट स्पेयर पार्टसको अवैध आयात ह्वात्तै बढयौ, ग्राहक भने सक्कली भन्दै नक्कली पार्टसबाट ठगीए


नेपाल–भारतको खुल्ला सिमा क्षेत्रको अवैध स्पेयर पाट्सको आयात ह्वात्तै बढेको छ । नेपालको मुख्य नाका मध्येको काकरभिट्टा क्षेत्रबाट अवैध रुपमा गाडीका पार्टस भित्रिने गरेको स्रोतले जनाएको छ । यसबाट राज्यलाई ठुलो रकम राजस्व नोक्सानी भइरहेको दैखिन्छ ।

सुरु–सुरुमा सीमाना आसपासमा मात्र यस्ता गतिविधी भएपनी हाल आएर यस्तो अवैध आयात पशुपतीनगर, भद्रपुर एवं आसपासका सम्पुुर्ण क्षेत्रसस्म विस्तार भएको पाइएको छ । तर सम्बन्धित निकाय भने यस्ता किसिमका अवैध आयातलाई निरुत्साहित गर्ने कुनै ठोस पहल नगरेको पनी पाइएको छ ।

आधिकारीक रुपमा गाडीमा लाग्ने पार्टस भित्र्याउँदा मुुल्य अभिवृद्घि कर सहित ४३ प्रतिसत सम्म राजस्व बुझउनुपर्ने हुन्छ । तर तो सामान अवैध तवरबाट भित्रयाउँदा सरकारलाई दैनीक लाखौ रुपैया राजस्व नोक्सान भैइरहेको छ ।

सम्बन्धित निकाय मौन बसिदिदाँ सो क्रम दिनानुदिन बढ्दै गएको स्रोतको दाबी छ । विर्तामोड क्षेत्रमा अटो पार्ट्स व्यवसाय गरी बसेका ग्यालेक्सी अटो प्रा.ली का सञ्चालक बेदान्त ठकुरी सम्बन्धित निकायले चासो नदिदाँ खपतको ५० प्रतिशत भन्दा बढी पार्ट्स अबैध रुपमा आयात भइरहेको बताउछन् ।

यस सम्बन्धमा सम्बन्धित निकायलाई बारम्बार जानकारी गराएपनी सम्बन्धित निकाय चुपलागेर बस्नु आश्चर्यको विषय भएको बुभिmन्छ र यसबाट सरकारलाई दैनीक लाखौको नोक्सानी हुनु भनेको आखिर जनतालाईनै नोक्सानी भैइरहेको बुभिmन्छ ।

बजारमा सबैभन्दा बढी माग भएको टाटाको जेनयुन पार्ट्सको नेपालका लागि आधीकारीक विक्रेता सिप्रदी अटोपार्ट्स प्रा.लि. का वरिष्ठ माहाप्रबन्धक युवराज बुढाथोकीका अनुसार यस्ता खालका गतिविधिले, व्यवसायी पनि विस्थापीत हुनेसम्मको स्थिती सृजना हुनुको साथै ग्राहकहरुको हकमा भने त्यसरी भित्रिएका पार्टसहरु सक्कलीभन्दा बढी नक्कली नै पर्ने हुनाले प्रयोगकर्ता पनि मारमा परेको बताउनुहुन्छ ।

स्थानीय व्यवसायीका अनुसार गाडीधनी स्वयंमले तथा केही व्यवसायीहरुलेनै सिमापारीका व्यपारीलाई सम्पर्क गर्ने र एजेन्टको सहयोगमा विभिन्न किसिमका सामान सेटिङ्गमा ग्यारेज, पसल तथा घर सम्मै पनि खुलेआम ओसारपोसार हुने गरेको छ । यस्ता अवैध आयातले व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था आएको देखिन्छ ।

यस्तो किसिमको भयावह स्थिती आइसक्दा पनी सम्बन्धित निकायले नजर अन्दाज गर्नुले सो निकायको कार्यशैली प्रती समेत प्रश्न चिन्ह् खडा गरेको छ । साथै सस्तो मुल्यको लोभ सक्कली भनी नक्कली तथा कम गुणस्त्तर भएका पार्ट्सको प्रयोग पनी व्यापक रुपमा बढ्दै गएको व्यवसायीहरु बताउछन् । यस सम्बन्धमा सम्बन्धित निकायले छिटो भन्दा छिटो ठोस कदम चाल्नुपर्ने र अवैध किसिमका आयातलाई पूर्णरुपमा बन्द गर्नुपर्ने दैखिएको छ । भविष्यमा यसता किसिमका क्रियाकलापलाई निरुत्साहित गर्न केन्द्र सरकार तथा सम्बन्धित निकायले यसमा विशेष ध्यान पुरयाउनु जरुरी देखिएको छ ।


Loading comments...