भारतीय राजदूतावासले झण्डोत्तोलन गर्दै ७३ औं गणतन्त्र दिवस मनायो


काठमाडौंस्थित भारतीय राजदूतावासमा २०७८ माघ १२ गते भारतको ७३ औं गणतन्त्र दिवस मनाइयो । नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भयो । तत्पश्चात वहाँले कार्यक्रममा भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाउनुभएको थियो । भारतीय राजदूत क्वात्राले वीर नारी र शहिद सैनिकका निकटतम नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गर्नुभयो ।

मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको हो । ‘स्वतन्त्रताको अमृत महोत्सव – Aajadi ka Amrit Mahotsav’ अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म विविध सांस्कृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिनेछन् ।

भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको सन्देश

नेपालमा India@75 माइलस्टोन मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको छ । नेपालभरीका विभिन्न संस्था तथा स्थानीय निकायलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्नेछ ।

दूतावासका सामाजिक सञ्जाल ह्याण्डलहरु मार्फत झण्डोत्तोलन (Flag Hoisting Ceremony) को प्रत्यक्ष प्रसारण गरिएको थियो । प्रस्तुत छ उक्त कार्यक्रमको भिडियो सामाग्रीः


Loading comments...