
काठमाण्डौका मेयरलाई स्थानीय युवाको प्रश्न, ‘सार्वजनिक शौचालय खोई?’
१२ माघ २०७८, बुधबार २१:५६
देशको सङ्घीय राजधानी क्षेत्र रहेको काठमाण्डौ महानगरपालिका भित्र सार्वजनिक शौचालयको व्यवस्था नरहेको बहस भइरहेका बेला यस सम्बन्धी महानगरपालिकासँग यथार्थ सूचना मागिएको छ। काठमाडौँ, ०६ बौद्ध बस्ने वैकल्पिक युवा सङ्गठनका नेता समेत रहेका अभियन्ता सौरभ न्यौपानेले काठमाण्डौ शौचालयसँग सम्बन्धित विभिन्न सूचना माग गरेका हुन्।
हाल काठमाण्डौ महानगरपालिका भित्र रहेका सार्वजनिक शौचालयको सङ्ख्या, शौचालय सञ्चालनको व्यवस्था र शौचालय सञ्चालनबाट उठेको राजश्व रकमबारे सूचना माग गरिएको हो। सार्वजनिक शौचालयहरूको सञ्चालनबाट महानगरले प्राप्त गर्ने राजश्व कहाँ खर्च हुन्छ भनेर पनि निवेदनमा सोधिएको छ।
यस्तै, निवेदनमा पछिल्लो स्थानीय निर्वाचनपछि शौचालय निर्माण र व्यवस्थापनमा महानगरले के कति खर्च गर्यो र के कस्ता संस्थाहरूबाट कस्तो सहयोग लियो भन्ने पनि तथ्याङ्क माग गरिएको छ।
‘बाहिरबाट या विदेशबाट आएर काठमाण्डौ झर्ने नागरिकले कतै नजिकै शौचालय भेटाउँदैन। अहोरात्र सडकमा सेवा गर्ने ट्राफिक प्रहरीहरू शौच गर्न कसैको घर-घर धाउनुपर्छ। सञ्चालनमा रहेका केही शौचालय अत्यन्त अव्यवस्थित र फोहर छन्। खुला दिशा-पिसाब मुक्त मुलुकको राजधानी भनेर कसरी पत्याउनु?’- निवेदक न्यौपाने भन्छन्, ‘हामीलाई काठमाण्डौ रेल ल्याउने सपना देखाएर पिसाब फेर्ने ठाउँ सम्म उपलब्ध गराउन नसक्ने नेतृत्व चाहिँदैन।’
महानगरपालिकाले यथार्थ सूचना दिएपछि त्यसको मूल्याङ्कन गरेर थप दबाबका कार्यक्रम गर्ने न्यौपानेको तैयारी छ। ‘हाम्रो त कुरा मात्रै ठुलो भो। यत्रो शहरमा सडक छेउ शौचालय त छैन। न त शौचालय चाहिन्छ भनेर यहाँ राजनीतिज्ञ बोल्छन्, न त जनता नै मुख खोल्छन् !’- न्यौपाने भने। अबको राजनीतिले सफा र सहज शौचालयको विषय बोक्नुपर्ने उनी बताउँछन्।
सहजै सूचनाको हकको निवेदन तयार गर्न http://rti.bibeksheel.org/ मा जान सकिन्छ।
जारी प्रेस रिलिजको वास्तविक प्रति हेर्नुहोस्ः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा