अष्ट्रेलियाको रकडेलमा “NepGasm कमेडी नाइट शो” हुँदै


भनिन्छ हाँसो नै जिवनको एउटा ओखती हो जस्ले उमेर बढाउने काम गर्छ। नेपालीमा मात्र हैन अङ्ग्रेजीमा पनि भन्ने गरिन्छ “Laugh is good for Healh”। बिगत २ बर्ष देखि हामी मानव जगतले भोग्दै आएको कोरोना महामारिको डर, त्रासले गर्दा हामिले दिल खोलेर हाँस्न र आफ्नै परिवार साथी भाइ, इस्ट-मित्रसंग खुसी साट्न पाएका थिएनौं। देशमा तथा विदेशमा भएकाहरु यस्तो माहोलबाट महामारीका कारण टाढा थिए। अब सारा विश्व कोरोनासंग लड्दै मानव जीवन सहज बनाउँदै अगाडि बढ्न थालेका छन्।

बिगत दुई बर्ष देखि घरैभित्र सिमित तपाँईहरुको हाँसोलाई एकै साथ बाहिर निकाल्नको लागि नेपग्याजम अष्ट्रेलियाले यहि आउँदो फेब्रुअरी ४ तारिखमा अष्ट्रेलियाको रकडेलमा रहेको “Club House De Cafe” मा NepGasm Comedy Night Show गर्ने भएको छ।

Gunniess Book of World Record का किर्तिमानी कलाकार उमेश कुमार गौतम (UKG) लगायत कलाकार बबिन बानियाँ र कलाकार रुपक बुढाथोकिले आफ्नो Stand-Up प्रस्तुती दिनेभएका छन। नेपग्याजमका UKG ले हामीसँगको कुराकानीको क्रममा, “यो नितान्त महामारीबाट तंग्रीने एउटा बहाना हो, मानिस तीन वर्षदेखि घरैमा कोच्चिएर बसेका छन्, डिप्रेस्ड छन्, नया सम्भावना र उर्जा खोजिरहेकाहरुका लागि यो हास्य उपचार बन्ने छ, फेरि यो त मेरी पहिलो अब्रोड कार्यक्रम हो, यसअर्थमा पनि यो मेरा लागि अझै उत्साहपूर्ण छ । अष्ट्रेलिया बस्ने नेपाली दर्शकहरुबाट हामी पहिले देखि नै अपार माया र साथ पाउदै आइरहेका छौं” बताउनुभयो ।

नेपग्याजमको नेपाल कार्यालयबाट Gunniess Book of World Record का अर्का किर्तिमानी कलाकार लेखमणी त्रिताल (रमेश अंकलको छोरो)ले पनि कार्यक्रमको सफलताका लागि तीनैजना कलाकारहरुलाई शुभकामना दिनुभएको छ भने अष्ट्रेलियामा बस्ने नेपग्याजमका शुभचिन्तक तथा दर्शकहरुलाई कार्यक्रममा सहभागी भई Stand-Up कमेडीको मज्जा लिन आह्वान गर्नुभएको छ ।

नेपग्याजमले यस पटक कमेडिमा साङ्गीतिक माहोल पनि सामेल गरेको छ जसमा क्यरसाङले आफ्नो साङ्गीतिक प्रस्तुती देनेछ। सन् 2017 को फेब्रुअरिमा जन्मिएको नेपग्याजम नेपाली Youtube Channel हो । नेपग्याजमले स्ट्याण्डअप कमेडी बाहेक हाल प्रहसन विधामा “नाटकै हो” जस्तो लोकप्रिय सामाग्री पनि साप्ताहिक रुपमा पस्किदै आएको छ ।  नेपग्याजम नेपालमा मात्र नभए अष्ट्रेलियामा पनि आफ्नो कमेडी शोलाई निरन्तरता दिंदै आइरहेको छ। YouTube channel मा ६ लाख २८ हजार बढी Subscriber रहेको नेपग्याजम युवापुस्ताद्वारा अत्याधिक रुचाईएको कमेडी channel हो। जस्ले बिगतका दिनहरुमा सगरमाथाको कालापत्थरमा विश्वको अग्लो स्थानमा Stand-Up कमेडी गरेर Guinness Book of World Record मा आफ्नो नाम पनि दर्ता गरिसकेको छ।

३ बर्षको अवधीमा नेपग्याजमले नेपालका विभिन्न शहर देखि काठमाण्डौको राष्ट्रियसभा गृह हुँदै प्रज्ञा प्रतिष्ठान लगायतमा कमेडी शो संचालन गरेको थियो।

नेपालमा मात्र नभएर australia को Redcapsicum र Hurstvill Theater हुँदै चुलो Harris park, Himalayan Fusion, Shark Hotel, Galli Galli मा क्रमश, हांस्छ Sydney 1 र “हाँस्छ Sydney 2” संचालन गरिसकेको छ। जसमा २५० भन्दा बढी दर्शकको सहभागिता थियो।


Loading comments...