वीरगञ्जलाई आर्थीक राजधानीको रुपमा विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य अर्याल


वीरगञ्ज । सदियौंदेखि देशको अर्थिक प्रगतिमा योगदान दिंदै आएको र ‘आर्थिक नगरी’को उपमा पाएको वीरगञ्ज महानगरलाई अब घोषित रुपमैं ‘आर्थिक राजधानी’को रुपमा विकास गर्नुपर्ने कुरा मधेश प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य उर्मीला अर्यालले बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन, पर्साले वीरगञ्जमा आयोजित एक कार्यक्रममा वहाँले जनकपुरलाई सन्तुलित रुपमा राजधानी बनाइएको र वीरगञ्जलाई आर्थिक एवम् व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । हाम्रो मधेश प्रदेशका सम्पूर्ण सहरहरुलाई समान रुपमा विकास गर्दै लैजानुपर्ने कुरा बताउनु भयो ।

पत्रकारहरुलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य उर्मीला अर्यालले “वर्तमा राजनीतिक अन्यौल र नयाँ सरकारको अबको यात्रालाई जटिल तर सम्भव यात्राको रुपमा लिएको र प्रतिगमान तथा प्रतिगमनकारीहरु विरुद्धको षडयन्त्रलाई चिर्दै गणतन्त्र, संघियता, समावेशी लोकतन्त्र र समाजवाद उन्मुख व्यवस्थालाई थप सुदृढ र संस्थागत गर्न पाँच दलीय गठबन्धनले सफलता हासिल गरेको छ । आगामी निर्वाचनमा पर्सा जिल्लाका १४ वटा स्थानीय तहहरुमध्ये कम्तीमा १ वटामा भएपनि महिलालाई प्रमुख बनाउने गृहकार्य भईरहेको छ र अहिलेका उप-पप्रमुखहरु आगामी स्थानीय तहमा प्रमुखका लागि लड्ने तयारीमा अगाडी बढीसकेको छ” बताउनुभयो ।

नेपाली कांग्रेस, नेकपा माओदावी केन्द्र, नेकपा एकिकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चा नेपाल समेटिएको पाँच दलीय गठबन्धनबाट ‘मधेश प्रदेश’मा राष्ट्रियसभा सदस्यमा नेकपा केन्द्रबाट उर्मीला अर्याल तथा जनता समाजवादीका तर्फबाट महम्मद खालिद निर्वाचित हुनुभएको हो ।


Loading comments...