महाकाली नदीमा गाडी गुड्ने पुल निर्माणका लागि नेपाल-भारतबीच सम्झौता पत्रमा हस्ताक्षर


भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भयो ।

नेपालका लागि भारतीय राजदूत महामहिम श्री विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव श्री रविन्द्रनाथ श्रेष्ठले माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु कुमारी यादवको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

यस परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउनेछ । यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको छ ।

उक्त पुलको निर्माण चाँडै सुरु गर्ने योजना रहेको छ ।


Loading comments...