रोचक विज्ञान लहरोः हाम्रो जैविक (biological) इतिहास: सुशील देवकोटा


रोचक विज्ञान लहरोः मैले प्रतिज्ञा गरेको नियमित विज्ञान लहकोको यो पहिलो भाग हो। सकेसम्म म यो लहरो २ हप्तामा १ चोटी राख्छु। आज म हाम्रो biological इतिहासको कुरा गर्छु। यो लहरो scientific सहित केही emotional कुरा पनि छन्। मेरो बा-आमाले मेरो छोरीलाई सार्है माया गर्नु हुन्छ। सबैका बा-आमाले आफ्नो नाती-नातिनीलाई माया गर्छन्। भन्छन नि, साबाँ भन्दा ब्याजको माया।

म पनि मेरो हजुरआमालाई बिछट्टै माया गर्छु। अब म अर्को कुरा गर्छु जो हाम्रो आमाले हामी माथि डाईलग हान्न प्रयोग गर्नु हुन्छ- तँलाई मैले ९ महिना पेटमा बोकेँ, अहिले यस्तो गर्छस्? तर, कुरा त्यती मात्र हैन। खासमा हाम्रो आमाहरुले हामी भविष्यमा बन्ने अण्डा जीवनभर बोकेका हुन्छन्। हाम्रो जीवन भनेको आधा बुवाको शुक्रकिटको भाग र आधा अण्डाको भाग मिलेर पूर्ण बन्ने हो। बुवाको भागको शुक्रकिट त लाखौँको सँख्यामा छिटै बन्छ र नासिन्छ। हामी बन्ने भागको शुक्रकिट बुवाहरुले धेरै बोक्दैनन्।

सुशील देवकोटा

तर, आमाको कुरा फरक हो। आमाको शरीरमा अण्डा शुक्रकिट जस्तो छिटो बनेर छिटो नासिने हैन। हाम्रा आमा जन्मिदै उनिहरुले निस्चित अण्डा बोकेर आएका हुन्छन् (करिब ३ लाख)। त्यही ३ लाख मध्य एकबाट हामी बन्ने हो। भनेपछि, खासमा हाम्रो आधा आमा तर्फको भाग आमाहरुले जीवन भर बोकेका हुन्छन्।

भलै त्यो भाग भौतिक रुपमा भारी नहोला, तर जिनेटिक सुचना बोकेको त्यो अण्डा तपाई कस्तो बन्नु हुन्छ भनेर करिब ५०% योगदान दिन्छ। त्यसैले अर्को पटक आमाले मैले तलाई गर्भमा ९ महिना बोकेको छु भन्दा, हैन आमा हजुरले मेरो अँश जीवनभर बोक्नुभएको छ भन्नु होला, आफ्नो आमालाई झन् माया गर्नुहोला।

हुन त बकवास कुरा नगर, life fertilize भएपछि पो शुरु हुन्छ भन्नु होला, जो सत्य पनि हो। तर, आमाको भागको अण्डा जसले तपाई बन्नु हुन्छ त्यो हाम्रो आमाले वहाँको जीवनभर बोक्ने कुरा साचोँ हो। अब झन् खतरा कुरा। हजुरआमाको कुरा। मैले यसो भने पत्याउनु हुन्छ?

मेरो केही अँश मेरो हजुरआमाको पेटमा पनि थियो? आमाको शरीरमा आमाले म बन्ने अण्डा म जन्मिनेबेला सम्म बोकिन्। तर, हजुरआमाले पनि म बन्ने अण्डा ५ महिना बोक्नु भयो। साहित्यीक अलँकार हैन, सँच्चिकै। जब कुनै महिलाको पेटमा बच्ची हुन्छिन्, त्यो विकसीत हुँदै गएको बच्चा गर्भमा ४-५ महिनाहुँदा करिव ३ लाख अण्डा बन्न शुरु हुन्छ।

भनेपछि जुन अण्डाले म बने, त्यो मेरो आमा मेरी हजुरआमाको पेटमा ४ महिनाको गर्भ हुँदा बनिसकेको थियो। भनेपछि मेरो हजुरआमाले म बन्ने अण्डा आफ्नो पेटमा ५ महिना पाल्नु भयो। जन्मे पछि त सधैँ पाल्नु भयो। कति गजब छ त!

तपाई बन्ने केही हिस्सा तपाईको हजुआमाको शरीरमा समेत थियो र वहाँले हामीलाई पोषण दिनु भयो। त्यसैले हजुआमाहरुलाई झन् माया गर्नु पर्छ। सँसार यसरी बुझेमा झन् एक-अर्का प्रति माया र सम्मान हुन्छ।


Loading comments...