
‘सङ्गीत देवी’को महाप्रस्थान : बसंत पंचमीले आफूमा समेट्यो एउटा जिवित इतिहास
२३ माघ २०७८, आईतवार १८:०४
सन्तोष देवकोटा । भारतीय सङगीत नक्षत्रकी महान गायिका, ‘भारत रत्न’ तथा ‘दादा साहेब फाल्के पुरस्कार’द्वारा सम्मानित लता मंगेशकर (Lata Mangeshkar)ले यस भौतिक संसारबाट विदा लिएकी छिन् । उनको निधनको समाचारले भारत तथा भारत बाहिर रहेका उनका स्रोता अहिले पीडामा छन् । नहोउन पनि किन…लतासंगै बलिउड सङ्गीतको एउटा युगको अन्त्य जो भएको छ । तर उनको यो महाप्रस्थान हो, उनले गाएका गीत तथा घरघरमा गुञ्जिने सुरिलो आवाजबाट उनी सदैव अमर रहनेछिन् ।
विगत २८ दिनसम्म अस्पतालमा जटिल अवस्थामा उपचाररत स्वर कोकिला लता मंगेशकर (Lata Mangeshkar) ले ६ फेब्रुअरी २०२२, भारतीय समयानुसार विहान ८ बजेर १२ मिनेटमा देह त्याग गरेकी हुन् । ५ वर्षको उमेरबाटै सङ्गीतमा समर्पित लताले आफ्नो ७ दशक सुम्पिइन् । यति लामो सङ्गीत यात्रामा लता मंगेशकरले आफ्नो सुरीलो आवाजबाट सजिएका हज्जारौं गीतहरु गाएकी थिइन् । लताले पछिल्लो २८ दिनदेखि मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा जीवनसंग संघर्ष गरिरहेकी थिइन । कोरोना तथा निमोनिया (Lata Mangeshkar health) संक्रमणका कारण उनको स्वास्थ्य स्थिति अत्यन्तै जटिल अवस्थामा पुगेको थियो । यस कारण उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहिएको थियो ।
सन् २०२० मा कोरोना भाइरसको महामारी फैलिएसंगै लता मंगेशकरले सार्वनजिक तथा व्यक्तिगत भेटघाट बन्द गरिसकेकी थिइन ।
लता मंगेशकरको उपचारमा संलग्न डाक्टर प्रतीत समदानीले भारतीय मेडियालाई दिएको जानकारी अनुसार लताको मल्टिपल आर्गन फेल्यर (Lata Mangeshkar death reason) भइसकेको थियो । उनको शरीरका कैंयन अङ्गहरुले काम गर्न छाडेको थियो ।
लहरा झै निरन्तर उकालोको यात्राः लता मंगेशकर एउटा कहिल्यै नमर्ने नाम, कहिल्यै बन्द नहुने आवाज… भारतमा सबैले दिदि भन्ने बित्तिकै यिनै कोकिलकण्ठिको मुहार आँखा अगाडि छाईदिन्छ । भारतवर्षकी ‘सङ्गीत सरस्वती’ लता मंगेशकर भारतीय स्वरसम्राट के एल सहगल देखि मन्ना डे, किशोर कुमार, रफी लगायत पछिल्ला पुस्ताका कुमार सानु, उदित नारायण तथा सोनु निगमका साथ युगल गायनमा सहभागी भएकी एउटी कालजयी अवाजकी साम्राज्ञी हुन् । उनले नेपाली सङ्गीतमा पछिल्लो पटक गायक रामकृष्ण ढकालसँग ‘बाँचुञ्जेलीलाई’ बोलको युगल गायनमा साथ दिएकी थिइन् (फूल भन्छ फुलिदिउँ – Phool Bhancha Fulideu) ।
गोवाको मंगेशी गाउँमा एकजना थिएटर निर्देशक पिताको घरमा जन्म भएकी लता सानो छँदाको नाम भने हेमा हो, पछि बुवाको एउटा ‘भावबन्धन’ नामको नाटकमा लतिका नामक पात्रको भूमिका निर्वाह गरेपछि लता नाम रहेको लताको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भएको हो । लतालाई गायिकाका रुपमा बलिउडमा स्थापीत गरिदिने कालजयी गीतहरुमा सन् १९४९ को वर्षात् चलचित्रको ‘जीया बेकरार है’, तथा महल चलचित्रको ‘आएगा आनेवाला’ बोलको गीत लगायत हुन् ।
लताले लगभग ७० वर्ष बढीको गायन करियरमा २३ भाषाहरुमा ५० हजारभन्दा धेरै गीतहरु गाएकी छिन्, यिनको जीवनको आधा समय त स्टुडियोमा नै बितेको हुनपर्दछ । सन् १९७४ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले गरेको अध्ययनमा लताले त्यतिबेलै २५ हजार गीत गाइसकेको बताएको थियो ।
पिता दिनानाथ मंगेशकरकी जेठी छोरीका रुपमा लता मंगेशकर बलिउडमा नायिका बन्ने सोंचले आएकी थिइन, गायनमा लतालाई शुरुवाती दिनमा धेरै नै मसिनो आवाज भनेर उतिसारो गीत गाउन दिइएन तर पछि लतालाई केहि कालजयी गीतहरुले यसरी स्थापित गरिदिए कि ७० वर्षसम्म यिनको बलिउडमा एकछत्र राज रह्यो । मधूर आवाज, सौम्य व्यक्तित्व र बलिउड चलचित्र उद्योग तथा सङ्गीत उद्योगमा सर्वमान्य दिदिका रुपमा लतालाई भारतीय सङ्गीतले यसरी आत्मसाथ गरिदियो कि आज लताको नाम र सुर बिनाको बलिउड अथवा भनौ भारतीय सङ्गीत नछत्र अधुरो अपूरो हुनेछ ।

लतालाई मार्ने प्रयासः धेरै कम मानिसहरुलाई मात्र थाहा छ कि एकपटक यि स्वर साम्राज्ञीलाई मध्यम विष दिएर मार्ने कोशिश भएको थियो । यस सम्बन्धमा लताले उनलाई कसैले मन्द विष (Slow Poison) दिएको घटना (मेरो गायन करियरको सबैभन्दा सफल समयमा मलाई मध्ययम विषय दिइएको थियो) सार्वजनिक गरेकि थिइन । लताले उल्लेख गरेको उक्त विष सम्बन्धी घटना सन् १९६३ तिरको हो । लता मंगेशकरको अत्यन्तै नजिक रहेकी वयोवृद्ध लेखिका पद्मा सचदेवको पुस्तक ‘Lata Mangeshkar …in her own Voice’ मा लताले उक्त कुराको उल्लेख गर्दै भनेकी थिइन, ‘हामी प्राय यी कुराहरु उठाउँदैनौ तर यो मेरो जीवनको एक भयानक क्षण थियो । यो सन् १९६३ को समय थियो जतिबेला म आफूलाई धेरै कमजोर महसूस गर्न थालें र आफ्नो ओछ्यानबाट समेत उठ्न सक्दिनथें । एउटा यस्तो समय आयो जतिबेला म आफ्नो बलमा हल्लिन पनि सक्थिन ।’

प्रेम जीवनः जीवनभर अविवाहित बसेकी लताका प्रेमप्रसंग गुपचुप रुपमा भारतीय सङ्गीतका स्वरसम्राट के एल सहगलसँग जोडिन्छ । के एल आफ्नो धेरै रक्सी पिउने बानी र रसिक जीवनशैलीका कारणले अल्पायू मैं बिते तर लता दिदिले के एलको मायालाई जीवनभरि आफ्नो हृदयमा साँचेरै राखिदिइन ।
शंकर जयकिशनको सङ्गीत र हसरत जयपुरीको शब्दमा लताको स्वरले सजिएको यो गीत ‘तेरा मेरा प्यार अमर फिर क्यूँ मुझको लगता है डर’ बोलको गीतमा लताको जीवन प्रतिबिम्बित हुन्छ । लताको प्रेम जस्तै लताको आवाज अमर छ, कहिल्यै कुनै प्रकारको विवादमा नआएकी शालिन लता दिदि जब सामान्य सारी लगाएर सप्कोलाई आफ्नो गर्दनमा बेरेर स्टुडियो छिर्थीन तबतब भारतीय पार्श्व गायनमा साङ्गीतक सम्पदा जोड्दै जान्थिन । सन् १९६५ मा लताले देवानन्द अभिनित चलचित्रमा अभिनेत्री वहिदा रहमानको लागि ‘आज फिर जिने कि तमन्ना है’ भन्ने गीत गाइन, गीत आज ५५ वर्षपछि पनि उत्तिकै नविन लाग्छ, उत्तिकै जिवन्त छ ।
दिलीपको सम्मानः एउटा कार्यक्रममा दिलीपले लतालाई स्टेजमा बोलाँउदा लतालाई बच्चाको हाँसो, उदाँउदो सूर्य र लताको आवाजलाई कुनै संज्ञा र उपमा नचाहिने कुरा गरेका थिए । त्यसपछि कर्तलध्वनीले स्टेजमा तलालाई साथ दिएको थियो । दिलीपले लतालाई बहिनी भनेर सम्बोधन गर्दै लताको आवाज, काम र लगनशीलतालाई म आदर र उदाहरणीय रुपमा हेर्दछु भनेका थिए ।
९२ वर्षकी लताको स्वास्थ अवस्था पछिल्लो समय जटिल रह्यो, कता कता उनको मृत्युको खबर अकल्पनीय छ, फेरी संयोग पनि कस्तो भने बसंत पंचमी अर्थात माता सरस्वतीको पूजाको दिन सुर सरस्वतीको महाप्रस्थान । मर्न त एकदिन सबैले पर्छ तर उनको यो मृत्यु आफैमा अमरत्वको लामो लता (लहरा) बनेर आज सूर्य झै सत्य सावित भइदिएको छ । विविध भारती देखि रेडियो नेपाल, टिभी, सिडि, पोडकास्ट अनि यूट्यूबसम्म लता छाएकी छिन् र यो पृथ्वीमा सङ्गीत र सात सुरको प्रभाव रहेसम्म बाँचिरहनेछिन् उनकै गीत “आदमी मुसाफिर है, आता है जाता है – आते जाते रास्ते में यादें छोड जाता है” ।
सामाजिक सञ्जाल भरियो श्रद्धाञ्जली सन्देशलेः
I am anguished beyond words. The kind and caring Lata Didi has left us. She leaves a void in our nation that cannot be filled. The coming generations will remember her as a stalwart of Indian culture, whose melodious voice had an unparalleled ability to mesmerise people. pic.twitter.com/MTQ6TK1mSO
— Narendra Modi (@narendramodi) February 6, 2022
#LataMangeshkar – a phenomenally gifted Voice that brought Joy to millions for over six decades; a Legacy that will endure for generations. –Sghttps://t.co/eVEkQKhTjY
— Sadhguru (@SadhguruJV) February 6, 2022
Om shanti #LataMangeshkar ji will forever remain in our hearts 🙏🏻🙏🏻🙏🏻 #nightingaleofindia ❤️❤️❤️ pic.twitter.com/0mz3clFqkZ
— Manisha Koirala (@mkoirala) February 6, 2022
What can you say when you no longer have your voice…?
Om Shanti 🙏🏽 pic.twitter.com/mdltpggben— anand mahindra (@anandmahindra) February 6, 2022
The whole world is sad , Can’t believe you have left us !!! We will miss you lata ji 🙏 pray for your soul be in peace.🙏 pic.twitter.com/oWOob8pa3T
— Dharmendra Deol (@aapkadharam) February 6, 2022
It’s a sad day . End of an era as the Nightingale of India #LataMangeshkar ji is no more. She will continue to live in the hearts of people through her songs forever . My deepest condolences to the near and dear . May her great soul rest in peace 🙏🏼 pic.twitter.com/NN0q7wJExl
— Allu Arjun (@alluarjun) February 6, 2022
Feeling numb. Devastated. Yesterday was Saraswati Puja & today Ma took her blessed one with her. Somehow it feels that even the birds, trees & wind are silent today.
Swar Kokila Bharat Ratna #LataMangeshkar ji your divine voice will echo till eternity. Rest in peace. Om Shanti. pic.twitter.com/UvUDTPu1eq— Shreya Ghoshal (@shreyaghoshal) February 6, 2022
So sad to hear that Lataji is no more, going to miss her so much.End of an Era!Lataji,Nightingale of India,whose voice hs made generations sing,dance & cry wil forever feed our emotion.Heartfelt condolences to Ashaji,family & friends.Nation wil miss her. Om Shanti#LataMangeshkar pic.twitter.com/eIOUxydQYm
— Sunny Deol (@iamsunnydeol) February 6, 2022
Lata-ji’s demise is heart-breaking for me, as it is for millions the world over. In her vast range of songs, rendering the essence and beauty of India, generations found expression of their inner-most emotions. A Bharat Ratna, Lata-ji’s accomplishments will remain incomparable. pic.twitter.com/rUNQq1RnAp
— President of India (@rashtrapatibhvn) February 6, 2022
मैं खुद को सौभाग्यशाली समझता हूँ कि समय-समय पर मुझे लता दीदी का स्नेह और आशीर्वाद प्राप्त होता रहा। अपने अतुलनीय देशप्रेम, मधुर वाणी और सौम्यता से वो सदैव हमारे बीच रहेंगी। उनके परिजनों व असंख्य प्रशंसकों के प्रति अपनी संवेदनाएं व्यक्त करता हूँ। ॐ शांति शांति pic.twitter.com/52fy46tOmE
— Amit Shah (@AmitShah) February 6, 2022
Your music touched our soul and made us smile. Rest in Peace Lata Mangeshkar Ji. Your legacy will inspire generations to come. 🙏 pic.twitter.com/Z5xOcHNmjo
— Shikhar Dhawan (@SDhawan25) February 6, 2022
Tribute to Lata Ji 🌹https://t.co/zSvdo7GOYX #LataMangeshkar
— A.R.Rahman (@arrahman) February 6, 2022
I’m deeply sad & heartbroken that #LataMangeshkar is no more. Her songs gave peace; no one can forget her songs & voice. She will forever be alive: Sufi singer Puranchand Wadali pic.twitter.com/otKH1PZ6IK
— ANI (@ANI) February 6, 2022
भारतीय सङ्गीत इतिहासमा मात्र सिमित गरे विश्वभर उनको सुर र गायनलाई माया गर्ने, जीवन झै बुझ्ने, हौसला प्राप्त गर्ने र सङ्गीतमा माधूर्य प्राप्त गर्ने स्रोताहरुप्रति ठूलो अन्याय होला, लता मंगेशकर एउटा संग्रह हुन सुर र कोकिल गायन कलाको, सङ्गीत अनि लय लेख्न तथा पढ्न चाहनेहरुका लागि अद्भूत सम्पदा हुन् । सन् ९१६९ को अनुराधा चलचित्रको ‘कोरा कागज था ए मन मेरा’ बोलको गीतमा झै लता दिदिले पनि कोरा कागज (खाली पाना)मा आफ्ना धेरै कथाका अध्यायहरु लेखेकी छिन् । लताका कोरा कागजमा सङ्गीतका रागहरु सर्वाधिक धेरै छन् । उता हिन्दुस्तानीहरुको सङ्गीत पारखीहरुको भीडमा मात्र उनी सिमित छैनन नेपालीहरुका कैंयन पुस्ताबीच पनि खुब सुरीली छिन लता ।
अजिब दांसता है ये, कहाँ सुरु कहाँ खतमः लता सङ्गीतको रागको मानविय रुप, साक्षात माता सरस्वतीको प्रतिमा आज बसन्त पंचमीको विशेष दिन महाप्रस्थान गरेकी छिन् । सन् १९६० मा सार्वजनिक हिन्दि चलचित्र ‘दिल अपना और प्रित पराय’ मा गाएको गीत ‘अजिब दांसता है ये, कहाँ सुरु कहाँ खतम’ भन्ने प्रश्नको एउटा आध्यात्मिक उत्तर आज प्राप्त भएको छ, उनको साङ्गीतिक जीवनले अमरत्व त प्राप्त गर्यो नै अन्तत लतासँग आज माता सरस्वतीको भेट भएको छ ।
उनका केही कालजयी गीतहरुको संकलन सुन्नुहोस् Top 100 songs of Lata Mangeshkar
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो