चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको सकुशल उद्धार, सबै एकै परिवारका


यहि माघ २३ गते चन्द्रागिरी डाडाँमा हिउॅ खेल्न गएका काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालीका वडा नं.६ महादेवस्थान बस्ने एकै परिवारका ५ जनालाई सकुशल उद्दार गरिएको छ ।

महिला तथा बालबालिकाहरु हराई रहेको भन्ने आफन्तद्वारा नेपाल प्रहरीलाई दिइएको खबर प्राप्त हुनसाथ महानगरीय प्रहरी वृत्त, थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा बिपद् ब्यबस्थापन गुल्म, सामाखुसीबाट समेत गरी जम्मा ३७ जनाको प्रहरी टोली हराई रहेका महिला तथा बालबालिका खोजी कार्यको लागी खटि गई ५ घण्टाको लामो खोजी कार्य पश्चात हराई रहेका निज महिला तथा बालबालिकाहरूलाई चन्द्रागिरी जंगलबाट आज अपरान्ह सवा १ बजे फेला परेका थिए । फेला सकुशल उद्धार गरी स्वास्थ्य परीक्षण समेत गराई आफन्तको जिम्मा लगाइएको ।

सपरिवार सकूशल उद्दार हुनेहरुमा २३ वर्षिय रिता गुरुङ, वर्ष १५ की सौभाग्य गुरुङ, १३ वर्षिय सहज गुरुङ, ११ वर्षकी जेनिसा गुरुङ तथा ७ वर्षका एरविन गुरुङ रहेका छन् ।


Loading comments...