BREAKING | राप्रपाका पूर्व अध्यक्ष कमल थापाद्वारा पार्टि परित्याग


नेपाली राजनीतिका एक महत्वपूर्ण पात्र कमल थापाले तीन दशक लामो राप्रपाको यात्रामा पूर्णविराम लगाएको घोषणा गर्नुभएको छ । पूर्व उप प्रधानमन्त्री तथा राप्रपाका पूर्व अध्यक्ष कमल थापाले आफ्नो आधिकारीक ट्वीटर ह्याण्डलमार्फत् प्रेस वक्तव्य जारी गर्दै पार्टि परित्यागको घोषणा गर्नुभएको हो ।

ट्वीटरमा जारी सन्देशमा लेखिएको छः अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु ।३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।

जारी प्रेस विज्ञप्तीको पूरा पाठः
अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी कियाशील राजनीतिक जीवन पार्टी भित्रै विताउने र पाटी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन वाध्य भएको हुँ ।

राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छ । पार्टीमा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछ ।


Loading comments...