‘मेरो शेयर’को पासवर्ड अब लगानीकर्ता आफैँले रिसेट गर्नसक्ने


केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी) ले ‘मेरो शेयर’ को पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा थप गरेको छ ।

सिडिएससिले शुक्रबारदेखि वेबसाइटमा उक्त फिचर थप गरेर कार्यन्यनमा ल्याएको हो ।

अब लगानीकर्ताले मेरो शेयरको लगइनभन्दा तल ‘फरगट योर पासवर्ड ? अप्सनमा गएर आँफैले पासवर्ड परिवर्तन गर्न सक्ने नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेडले जनाएको छ ।

यसअघि ‘मेरो शेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले आफ्नो हितग्राही खाता रहेको सम्बन्धित क्यापिटलमा नै पुगेर पासवर्ड रिसेट गर्नुपर्ने प्रावधान रहेको थियो ।

कसरी गर्ने पासवर्ड रिसेट ?

मेरो शेयरको पासवर्ड रिसेट गर्नका लागि लगानीकर्ताले सर्वप्रथम नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेडको मेरो शेयरको वेवसाइटमा जानुपर्नेछ ।

सो पश्चात मेरो शेयर लगइन भन्दा तल रहेको ‘फरगट योर पासवर्ड ? मा क्लिक गर्नुहोस् । त्यसपश्चात त्यहाँ माग गरे अनुसार आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्य (डीपी) को नाम दाखिला गर्नु पर्नेछ । सो पश्चात युजर नेम, ई–मेल आईडी र जन्म मिति राखेर सेन्ड बटममा थिच्नुहोस् । त्यसपछि यसअघि राखिएको ई–मेल ठेगानामा सीडीएससीबाट मेरो शेयरको पासवर्ड प्राप्त गर्नुहुनेछ । यसरी प्राप्त निर्देशनका आधारमा सोही लिङ्कबाट नै आफ्नो पासवर्ड सजिलै परिवर्तन गर्न सकिन्छ ।

नयाँ फिचर थप गरेसँगै सर्वसाधारणले अब मेरो शेयरको पासवर्ड बिर्सिएको खण्डमा सम्बन्धीत डिपीकहाँ पुगेर लाइन बसेर पासवर्ड रिसेट गर्नुपर्ने बाध्यता समेत हटेको छ । धेरै डिपीले यसअघि यो सेवा निःशुल्क उपलब्ध गराउँदै आइरहेको भएपनि कतिपय सेवाप्रदायक भने लगानीकर्ताबाट शुल्क समेत लिँदै आएका थिए ।


Loading comments...