Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

लोकप्रिय सङ्गीतकार बप्‍पी लाहिडीको निधन, शोकमा बलिउड

४ फाल्गुन २०७८, बुधबार १२:३४

बलीउडका चर्चित गायक तथा सङ्गीतकार बप्‍पी लाह‍िडी/बप्पी लहरीको आज निधन भएको छ । बम्बईको जुहूस्थित क्रिटिकेयर अस्पतालमा बप्‍पी लाह‍िडीले अन्तिम सांस फेरे । सुनका गहना तथा सङ्गीतका सौखिन ६९ वर्षिय वर्षिय लहिडी विगत केहि महिनादेखि बिरामी थिए । भारतीय सङ्गीत जगतले उनलाई ‘बप्पी दा’ भनेर उच्चारण गर्ने गर्दथे । बप्पी लाहिडीले ८० तथा ९० को दशकमा कैंयन हिट सङ्गीत दिनुका साथ चर्चित गीतहरु पनि गाएका थिए ।

सन् १९८२ मा सार्वजनिक मिथुन चक्रवर्ती तथा किम यशपाल अभिनित चलचित्र ‘Disco Dancer’ मा समेटिएको उनको बहूचर्चित सङ्गीत “I Am a Disco Dancer” ले कलाकार मिथुनलाई बलिउडमा स्थापित गर्नुका साथै लहिडीको साङ्गीतिक उचाईं पनि थपेको थियो ।

बप्पी लाह‍िडी ‘आब्स्ट्रक्ट‍िव स्लीप एपन‍िया’ (Obstructive Asleep Apnea – OSA) तथा ‘क्रनिक / रीकरेन्ट चेस्ट इन्फेक्शन’ (Chronic or Recurrent Chest Infections) जस्ता स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो । यही गम्भीर समस्याका कारण बप्पी लाहिडी विगत २९ दिन देखि बम्बईको जुहूस्थित ‘क्रिट‍िकेयर हस्प‍िटल’मा उपचाररत थिए । उनको स्वास्थ्यमा सुधार देखिएपछि हिजै १५ फेब्रुअरीका दिन अस्पतालबाट बिदा लिएर घर फर्किएका थिए ।

बलिउडले फेब्रुअरी २०२२ मा दुई जना साङ्गीतिक हस्ती गुमाएको छ । गत साता सङ्गीत साम्राज्ञी लता मङ्गेशकरले यस धर्तीबाट बिदा लिएकी थिइन् ।

यो पनि पढ्नुहोस्ः ‘सङ्गीत देवी’को महाप्रस्थान : बसंत पंचमीले आफूमा समेट्यो एउटा जिवित इतिहास

डिस्चार्ज भई घर फर्किएको केही घण्टामैं पुनः उनको स्वास्थ्यमा समस्यामा देखिएपछि पुनः गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । मंगलबार राती ११ः४५ बजे नै उनको मृत्यु भएको कुरा भारतीय मेडियाहरुले उल्लेख गरेका छन् ।

बप्पी लाहिडीको निधनको खबरले अहिले बलिउड तथा उनलाई माया गर्नेहरु पीडामा छन् । उनका छोरा बप्पा लाहिडी पनि यो शोकको समय पिताको पार्थिव शरिरदेखि सात समुन्द्र पारी लस एन्जेल‍िसमा छन् । अहिले बप्पी लाह‍िडीको अन्त‍िम संस्कारका लागि बप्पा लाहिडी फर्किने तयारीमा छन् । उनी भारत फर्किएपछि बिहिबार बप्पी लाहिडीलाई अन्त‍िम विदाई गरिनेछ । उनको अन्त‍िम संस्कार ‘पवन हन्स श्मशान घाट’मा गरिने छ ।

बलिउडका हस्तिहरु अहिले पीडामा छन् र उनीप्रति समर्पित समवेदना सन्देशहरुले अहिले ट्वीटर भरिएको छः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said