भारतीय महावाणिज्य दूतावासद्वारा ओपन हाउस फर कन्सुलर गुनासो सम्पन्न


‘आजादी का अमृत महोत्सव’ मनाउने क्रममा, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासद्वारा २६ फेब्रुअरी २०२२ मा वाणिज्य दूतावास परिसर भित्र तेस्रो “ओपन हाउस फर कन्सुलर गुनासो” आयोजना गरियो। ओपन हाउसको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गरेका थिए। कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकको नियमित गैरकानसुलर गुनासो सम्बोधन गर्नु थियो ।

कार्यक्रममा हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा उपमहाप्रबनधक लगायत पर्सा र बारा जिल्लामा कार्यरत करिब २० जना भारतीयहरुको सहभागिता रहेको थियो र उनको गुनासाहरु सम्बोधन गरिएको थियो ।


Loading comments...