पटना ब्लुज : मुसलमान प्रेमी हिन्दु प्रेमीका


अब्दुल्लाह खान पूर्णकालिन बैंक कर्मचारी अनि लेखक हुन् । बिहारको चम्पारणमा आफ्नो अध्ययन सकाएका यि लेखकले मुसलमान बिद्यालय मदरसाबाट बिद्यालयस्तरको पढाई पुरा गरेका हुन् । भारतमा अहिले यि लेखकको ‘पटना ब्लुज’ उपन्यास बहुतै चर्चामा छ । विशेषतः चुनाव, हिन्दुत्व जगाइएको भावना अनि मुलमानको सहभागितात्मक मुद्दामा यो उपन्यासको चर्चा रहेको पाइन्छ । लेखक विज्ञान विषयका ज्ञाता हुन र यिनको बिहार र पटनाको बुझाई वास्तवमै उल्लेखनीय मानिएको छ ।

suyog dhakal
लेखकः सुयोग ढकाल

मुसलमान धर्मकै एउटा शाखा वहाबी धारकी केटिसँग विवाह गरेर गुजरात गएका आरिफको गुजरात दंगाका क्रममा श्रीमतीको हत्या हुन्छ । सन् २००२ को यस घटनापछि आरिफ मुम्बई फर्कन्छन् अनि उनले एउटा हिन्दु मालिकको कम्पनीमा जागिरका लागि आवेदन दिन्छन् । गुजरातबाट मुम्बई आइपुग्दा आरिफ निकै बिरामी भइसकेका हुन्छन् ।

आरिफ खान यिनको उपन्यास ‘पटना ब्लुज’का मुख्य पात्र हुन् । आरिफ नामबाटै प्रष्ट छ कि एउटा मुसलमान हुन् । सन् १९७० मा जन्मिएका यिनले सरकारी सेवामा जागिर खाने धोको राखेका छन् । सन् १९९० मा आरिफ २० वर्षको छँदा गरेका जागिर अनि करिअरको लागि संघर्षलाई पटना ब्लुजमा देखाइएको छ ।

ड्रिम, डिजायर, ग्रिफ र डेस्टीनी अर्थात सपना, चाह, शोक र लक्ष्यका बारेमा यस उपन्यासले कुराहरु स्पष्ट पारेको छ । आरिफको संघर्षकै क्रममा एउटा हिन्दु महिलासँग प्रेम पर्दछ । यतिसम्म उनीहरुको उमेरमा फरक छ कि ति महिलाको छोराछोरी नै आरिफ जत्रा छन् । माया र प्रेममा उमेर अनि धर्मको पावन्दी हुँदैन भन्ने कुरा पटना ब्लुजबाट लेखकले दर्शाउन खोजेका छन् ।

कताकता यो उपन्यासमा बावरी मस्जिद र राम मन्दिरका बिवादका टुक्राहरु पाइन्छ भने कतै मानवताका अक्षरस दृष्टान्तहरु पनि ।

भारतीय कर्मचारीतन्त्रमा सन् १९९० मा मण्डल कमीशन लागू गरिएको थियो जसले अन्य जात र धर्मका मान्छेलाई सरकारी सेवामा जान अफ्ठेरो भएको बताइन्छ । उपन्यासमा यि सबैकुराहरु छन् ।

आरिफ सुस्तरि मायामा फस्दै जान्छन् अनि अन्तत आरिफलाई उक्त असामान्य मायाको आशक्तिले खाइदिन्छ । आफ्नो उपन्यासमा लेखकले बिहारमा भएका सम्पूर्ण हिन्दु मुसलमान बिवाद अनि सहजताका कुराहरु उतारेका छन् । उन्को कथामा अर्की मुलमान पात्र पनि छिन् जसको नाम फर्जाना हो । फर्जाना सन् १९८० सम्म मुसलमान पत्रिका किनेर पढ्ने गर्दछिन तर त्यसपछि क्रमश उनी हिन्दु पत्रिकाहरु पनि पढ्न थालेकी हुन्छिन् ।धेरै पटक ‘शाम ए बारात’ अर्थात खुशीको रातको बारेमा उपन्यासमा चर्चा गरिन्छ । यो उपन्यास ति पात्रहरुको हो जसले आफ्नो धर्मको पहिचान त्यागेर केवल मानव अनि खुशीको कुरामा केन्द्रित छन् ।

मुसलमान धर्मकै एउटा शाखा वहाबी धारकी केटिसँग विवाह गरेर गुजरात गएका आरिफको गुजरात दंगाका क्रममा श्रीमतीको हत्या हुन्छ । सन् २००२ को यस घटनापछि आरिफ मुम्बई फर्कन्छन् अनि उनले एउटा हिन्दु मालिकको कम्पनीमा जागिरका लागि आवेदन दिन्छन् । गुजरातबाट मुम्बई आइपुग्दा आरिफ निकै बिरामी भइसकेका हुन्छन् । मुम्बईमा आरिफको मृत्यु हुन्छ र आरिफको मृत्यु पर्यन्त मात्र हिन्दु साहुलाई धर्म बाहिरको मानवता अनि पछुतोपन भान भएको उपन्यासले चाल पाउँछ ।

बिहारको उर्दूभाषी आरिफको कथालाई सन् १९७० बाट सन् २००२ सम्म यस उपन्यासले बिभिन्न आरोह अवरोह दिएको छ ।

उता दिल्लीको बम काण्डमा आरिफका कान्छा भाईलाई जबरजस्ती मुछिन्छ । उनको धर्मका कारणले नै उनलाई यसरी शंकाको घेरामा राखिएको पाइन्छ । अन्तत जेठो छोरा आरिफको मृत्यु अनि कान्छो पुलिसले लिएर गएपछि हराउँदछ । आरिफका परिवार अब केहि नलागेर दुःखका साथ दुबै छोराहरुको शोकमा आफ्नो पोकापन्तुरा बोकेर पटना फर्किन्छन् ।आरिफले ज्यूदो छँदा उर्दू उल्था गर्ने जागिर त पाँउदछन तर उनीसँगै जागीर तयारी गर्न पढ्ने साथीले भने सहजै सरकारी अड्डामा नाम निकाल्दछ र आरिफले आफ्नो धर्मकै कारण सरकारी जागिर परीक्षामा फेल हुन्छ । बिहारको केही गाँउ अनि स-साना शहरसँगको आवेग अनि गुजरात र मुम्बईसम्मको नियात्रा भएको यस उपन्यासले अहिले भारतको पुस्तक प्रेमीलाई तानेको छ । अब्दुल्लाह खानले सोसियल रियाल्जमको यो अभूतपूर्व उपन्यास लेखेको मान्न सकिन्छ ।

घरिघरि लेखकले पटनाका सब्जीमण्डी अनि खानेकुराहरु लगायतका मौलिक कुरा किन छाडेका हुन जस्तो महसुस हुन्छ भने घरिघरि गालिबका कविताहरु मिसाँउदा यो उपन्यास भरपुर मिठास अनि उत्साहका साथ उपस्थित हुन्छ । मौका मिले पढ्नुहोला ।

लाईभमाण्डु
-सुयोग ढकाल


Loading comments...