Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

नेपालमै पहिलो पटक MyPay वालेट प्रयोग गर्दा रु १ लाखको बीमा सुविधा

२० फाल्गुन २०७८, शुक्रबार २०:४०

डिजिटल वालेटमा विभिन्न नविनतम योजनाहरु ल्याइरहेको MyPay ले नेपाल मै पहिलो पटक वालेट प्रयोग गर्दा रु १ लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ ।MyPay का अनुसार ग्राहक महानुभावहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा पनि ल्याएको बताएको छ । कम्पनीका अनुसार यस बीमा योजनामा योग्य हुनका लागि ग्राहक महानुभावहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन ।

उक्त १ लाखको दुर्घटना सुविधा प्राप्त गर्नका लागि MyPay एप डाउनलोड गरी केवाईसी भेरिफाइड भएको र नेपाली महिना अनुसार हरेक महिना MyPay मार्फत न्यूनतम रु १ हजारको कारोबार भएको हुनुपर्छ । यसरी मासिक १ हजारको कारोबार भएको दुई दिन पछि उक्त ग्राहकको रु १ लाख रुपैयाँको बीमा योजना कार्यान्वयन हुनेछ र सो को जानकारी एसएमएस मार्फत गराइनेछ कम्पनीले प्रस्ट पारेको छ ।

यस बीमा सुविधाका अतिरिक्त MyPay मार्फत हवाई टिकट बुकिङ गर्दा सबैभन्दा धेरै क्यासब्याक तथा मात्र रु १ मा जुनसुकै बैंकमा रकम पठाउन सकिने सुविधा पहिले देखिनै दिँदै आइरहेको छ । साथै MyPay का ग्राहक महानुभावहरुले MyPay मार्फत कारोबार गर्दा अधिकतम २५ प्रतिशतसम्मको क्यासब्याक उपयोग गर्दै आइरहनु भएको छ । यसका अतिरिक्त विभिन्न चाडपर्व लक्षित विशेष योजनाहरु पनि सार्वजनिक गरिरहेको छ । MyPay ले आगामी दिनमा समेत ग्राहक महानुभावहरुको आवश्यकता र चाहानाहरुलाई मध्येनजर गर्दै यस्तै आकर्षक योजनाहरु ल्याउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said