
महिलाको राजनीतिक सहभागिताः चुनौति र समाधानका बाटाहरु
२५ फाल्गुन २०७८, बुधबार १६:४७
भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित र्याडिसन होटलमा एक गोलमेच छलफलको आयोजना गरेको छ ।
“महिलाको राजनीतिक सहभागिताः चुनौति र समाधानका बाटाहरु” विषायक सो छलफलमा नेपालका वरिष्ठ राजनीतिक नेतृहरु माननीय डा. आरजु राणा देउवा, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री माननीय अष्टलक्ष्मी शाक्य, माननीय सांसदहरु श्रीमती डा. बिन्दा पाण्डे र श्रीमती पुष्पा भुषालको सहभागीता थियो । प्राध्यापक श्रीमती इला शर्मा सो छलफलको सहजकर्ताको रुपमा हुनुहुन्थ्यो ।
छलफलका वक्ताहरुले राजनीतिक वृत्तमा महिलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिला हकलाई उजागर गर्न गर्नुपर्ने प्रयासबारे चर्चा गर्नुभयो ।
छलफलका वक्ताहरुले वर्तमान समयमा महिला नेतृत्वको खाँचो भइसकेकाले नीति निर्माणको क्षत्रमा महिलाको प्रतिनिधित्व एवम् सहभागितालाई थप विस्तार तथा सुनिश्चित गर्न महिला सम्बन्धी कानुनी प्रावधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
भारतका नव नियुक्त थल सेनाध्यक्ष (सीओएएस) जनरल मनोज पाण्डेले आफ्नो पहिलो विदेश संवादमा नेपाली समकक्ष रोज्नुभएको छ । नेपाली सेनाका
धादिङ – धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार
काठमाडौं – देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज