Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

केही फरक [कविता]

३ चैत्र २०७८, बिहीबार २१:३६


केही फरक

हो
म तिमीभन्दा फरक देख्छु
म तिमीभन्दा फरक लेख्छु
तिमी जिन्दगीलाई आशा छरिएको
लोकतन्त्र ठान्छौ
र म जिन्दगीलाई आशा चोरिएको लाचार
राजनीति ठान्छु।
नैराश्यता र शून्यताको समिश्रण हो जीवन थाहा छ
तैपनि म देख्छु जीवन, आशावादी कविका
कविताहरुमा..
म हेर्छु आफ्नै भाग्य र
नियतिको टुटेका टुक्राहरू।
तर थाहा छ ,
यहाँ रातारात सफल हुन नी
बीसौं वर्ष सँगर्श गर्नुपर्छ।

तिमी तिम्रा आन्दोलनमा गुञ्जिने
क्रान्तिका आवाजहरू सुन्छौ

म पशुपति आर्यघाटमा गुञ्जिने
एक स्वरे शंखहरुको आवाज
तर
अस्तित्व आज उस्तै उस्तै देख्छु दुइटै आवाजहरुको
एकोहोरी गुन्जिरहन्छन्
बिना आशा
बिना भरोसा
मृत आत्माहरुको लागि।

तिमी देश बनाउन अझ
बीपी मदन हरु खोज्छौ
म ती बीपी मदनहरू
राजधानीको चोक चोक गल्ली गल्लीमा
पानीपुरी बेचिरहेको देख्छु।
हो हामी देखिरहेछौ अझै
घायल सपनाहरु जीवनमा,देशमा
तर
दुखाइ मार्ने मलमहरु
घाउहरू मै बल्झिदैछन,
सपना देख्ने आँखाहरू
सपनीमै अल्झिदैछन्।।

बरालिदै
भौतारिंदै
निश्चिन्त
हिड्दा हिँड्दै
बाटोले आफै बाटो देखाउनेछ
र जीवनले जीवन देखाउनेछ
म विद्रोह खोज्नेछु
आफ्नै लेखिने शब्द भित्र
आफ्नै जीवनको क्रान्ति भित्र।
त्यसैले
म तिमीभन्दा फरक देख्छु।
म तिमीभन्दा फरक लेख्छु।

-दिवाकर भट्ट

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको