Lifestyle Portal
  •   २० आश्विन २०७९, बिहीबार

श्रममन्त्री श्रेष्ठसँग सिसेल्सका श्रम र गृहमन्त्रीको भेटवार्ता, द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

५ चैत्र २०७८, शनिबार ११:०९

सिसेल्स । गणतन्त्र सिसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । द्विपक्षीय भेटवार्तामा उहाँहरुबीच नेपाल र सिसेल्सको द्धिपक्षीय हित र आपसी सम्वन्धबारे छलफल भयो ।

रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई ट्ङ्गोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ । वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरु लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिनुहुँदै सिसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताउनुभएको थियो । न्युनतम योग्यता, भाषागत क्षमता, न्युनतम पारिश्रमिक लगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्ती लगायत विषयमा
संयुक्त कार्यदलले तयारी गर्नेछ । कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा थानेश्वर भुषालले नेतृत्व गर्नुहुनेछ ।

अहिले १२ सय ५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा रहेको बताउनुहुँदै मन्त्री फ्यानकोटले सिसेल्स सरकार द्विपक्षीय श्रम सम्झौता गरेरै नेपालीहरुलाई ल्याउन इच्छुक रहेको बताउनुभएको थियो । सिसेल्स अहिले सुरक्षागार्डका रुपमा धेरै नेपाली कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही श्रमिकहरु कार्यरत छन् ।

द्विपक्षीय भेटवार्तामा आन्तरिक मामिलामन्त्री फोन्स्काले जेल सुरक्षाको साथै सिसेल्सको प्रहरी सेवा पनि नेपालीहरुलाई रोजगारी दिन सकिने बताउनुभएको थियो । भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल र उपसचिव डा थानेश्वर भुषाल हुनुहुन्थ्यो भने गणतन्त्र सिसेल्सको रोजगार तथा सामाजिक मामिला र आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारीका साथै प्रहरी र जेल सुरक्षा प्रमुखको उपस्थिति थियो । नेपाल र सिसेल्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कफ्तान क्रिकेटर सन्दीप लामिछाने कतार एयरवेजको क्यूआर-६४८ नम्बरको

भारत–नेपाल सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक भारत सरकार जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत, नदी विकास एवं गंगा संरक्षण विभागका सचिव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका

यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android