Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) तथा [email protected] आइडियाथन

८ चैत्र २०७८, मंगलवार १२:१०

भारतीय राजदूतावास, काठमाडौं यही मिति २०७८ चैत्र ९ गते काठमाडौंमा हुन गइरहेको अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट [इन] (International Entrepreneurship Conclave – Connect [IN]) को तेस्रो संस्करणको एक अभिन्न अङ्गको रुपमा रहेको छ  । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस कनक्लेभको आयोजना गरिएको हो । यसै महोत्सव अन्तर्गत आउने वैशाखको ५ देखि ७ गते सम्म पहिलो पटक ‘[email protected] आइडियाथन’ को आयोजना गरिदैछ । यो कनक्लेभ वर्ष २०२२ को फेब्रुवरी महिनाको पहिलो हप्तामा गर्ने तय भएको थियो तर महामारीले निम्त्याएको विषम परिस्थितिका कारण यसलाई मार्च महिनामा सारिएको हो । यस कार्यक्रमको सह–आयोजकमा Clockb Business Innovations हो भने अन्य साझेदारहरुमा जीएमआर, टाटा मोटर्स, टाटा मेडीटेक र टुटल समावेश छन् ।

यसका अघिल्ला दुई संस्करणहरुमा, Connect [IN] ले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरु र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्या देखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको थियो । भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन अघिल्ला दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिने तेस्रो संस्करणको उद्देश्य रहेको छ ।

हालको संस्करणमा Connect [IN] ले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपका संस्थापकहरुका सङ्घर्षको कथालाई समावेश गरेको छ । यी कथाहरुमा भारतको सबैभन्दा ठूलो सामाजिक ई–कमर्श र रिसेल पोर्टलहरु मध्येको एक मिशो (Meesho) तथा तथ्याङ्क विश्लेषण गर्दै जीवन विज्ञान र इन्जिनियरिङ्गबीच विद्यमान दूरी घटाउन प्रयासरत रहेको एक उदीयमान कम्पनी Elucidata रहेका छन् । नेपालबाट चिरपरिचित फिनटेक प्लेयर एफवन सफ्ट ग्रुप (F1Soft Group) तथा ई–कमर्श पोर्टल सस्तो डिल (Sastodeal) रहेका छन् ।

कन्क्लेभमा तीनवटा टोली बनाई सुरुवाती चारणमा स्टार्टअपले झेलेका चुनौती, उद्यम पूँजीपतिको दृष्टिकोणमा स्टार्टअपको आर्थिक पक्ष र परम्परागता व्यापार व्यवसायमा प्रविधिको भूमिका लगायतका विषयमा केन्द्रीत छलफल गरिनेछ । सो छलफल सत्रमा भारतबाट वित्तिय प्रविधि उद्यमका आर्थिक पक्षमा केन्द्रीत रही काम गर्ने  लगानीकर्ता कम्पनी Yatra Angel Network र शैक्षिक ऋण प्रवाहको क्षेत्रमा काम गर्ने स्टार्टअप कम्पनी Credenc सहभागी हुनेछन् । नेपाली टोलीमा चिरपरिचित स्टार्टअप कम्पनीहरु टुटल, हात्तीहात्ती, पिक एण्ड ड्रप, प्याड टु गो र स्विट फिक्स तथा लगानीकर्ता कम्पनीहरु डोल्मा इम्प्याक्ट फण्ड र बिजनेस अक्सिजन रहनेछन् । कार्यक्रममा स्टाण्डर्ड चार्टर्ड बैंक र किङ्स कलेज काठमाडौंका वक्ताहरुले पनि बोल्नेछन् ।

Connect [IN] प्रक्रियाः Connect [IN] कन्क्लेभका लागि वर्ष २०२१ को डिसेम्बर र २०२२ को जनवरीमा दाङ, सर्लाही र सुनसरी जिल्लाका विद्यालय लगायत नेपालका विभिन्न स्थानमा ‘प्रि–इभेन्ट एक्टिभेसन क्याम्प’ को संचालन गरिएको थियो । सो क्याम्पको संचालन पश्चात ८० जना युवा उद्यमीहरुले Incubation र Mentorship Module  का लागि निवेदन दिएकोमा ती मध्ये २० जनालाई छनौट गरी वित्त, प्रशासन, कानून, लगानी तत्परता, विक्री, मार्केटिङ जस्ता विषयमा फेब्रुवरी र मार्च महिनामा प्रशिक्षण दिइयो । प्रशिक्षण लिएका यी २० जना उद्यमीशील युवाहरु अहिले शिक्षा, सामाजिक उद्यम, यात्रा र अथिति सत्कारका क्षेत्रमा कार्यरत छन् । गत मार्च महिनामा आइडिया अडिसनको आयोजना गरियो जसमा सहभागी २० जना युवा उद्यमीमध्ये चार जनालाई छनौट गरियो । छनौट भएका यी चार जना उद्यमीले कन्क्लेभमा लगानीका लागि अपिल गर्नेछन् ।

यसै वर्ष Connect [IN]  कै हिस्सा अनुरुप दूतावासले पहिलो पटक २०७९ वैशाख ५ देखि वैशाख ७ गते सम्म ‘[email protected] आइडियाथन’ को आयोजना गर्दैछ । हाम्रो दैनिक जीवनलाई प्रभाव पार्र्नेे तथा दुवै देशका नीतिनिर्माणमा अर्थ राख्ने चार महत्वपूर्ण क्षेत्रका चुनौतीहरु विरुद्घ प्रविधिमैत्री समाधान खोज्न नेपालका युवावर्गलाई त्यसमा संलग्न गराउने आइडियाथनको उद्देश्य रहेको छ । यी चार क्षेत्रहरु यस प्रकारका छन्ः
१.अन्तरदेशीय वाणिज्य
२. कृषिबजार
३. शहरी विकास
४. सुशासन

काठमाडौंका विश्वविद्यालय तथा कलेजमा अध्ययनरत विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन र मानविकी संकायका विद्यार्थीहरु [email protected] आइडियाथनका सहभागीका रुपमा रहनेछन् । तीन दिनको अवधिमा सहभागीहरुले आ–आफ्नो टोली बनाई विभिन्न विषयमा विचार मन्थन गर्ने, एक आपसमा सहकार्य गरी फिल्डवर्कमा सहभागी हुने र माथि उल्लिखित चारवटा विषयमा पहिचान गरिएका समस्याहरुको समाधान आ–आफ्नो हिसाबले प्रस्तुत गर्नेछन् । प्रबुद्ध व्यक्तिहरुको एक निर्णायक मण्डलले २०७८ चैत्र ०६ गते विजेता टोली चयन गरी अवार्ड घोषणा गर्नेछ ।

युवाहरुलाई यस कन्क्लेभ तथा आइडियाथनमा सक्रियताका साथ सहभागी हुन आमन्त्रित गर्दै दूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले दिनुभएको भिडियो सन्देश https://www.youtube.com/watch?v=k1rneM6PC2s मा अपलोड गरिएको छ ।

दूतावासले ऋयललभअत Connect [IN]  कन्क्लेभ र [email protected] आइडियाथनमा नेपालका युवा उद्यमी, उद्यम पूँजीपति, इनोभेटर, विद्यार्थी तथा सञ्चारकर्मीहरुको उत्साहजनक सहभागीताको अपेक्षा गरेको छ । दर्ताका लागिः https://forms.gle/mn87z14tHm8XRuUh6 मा जानुहोस् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said