Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

भारतको सहयोगमा विराटनगरमा निर्माण सम्पन्न ‘आरोहण–गुरुकुल नाट्यशाला’को उद्घाटन

९ चैत्र २०७८, बुधबार १४:३९

लोकप्रिय

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको आरोहण– गुरुकुल नाट्यशाला भवनको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

नेरु. ३ करोड ५१ लाखको लागतमा निर्माण गरिएको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “[email protected] आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो । नेपालमा रहेको यो नाट्य समूहले नेपाली रंगमञ्चको प्रवद्र्धनमा योगदान पुर्याउँदै आएको छ र नेशनल स्कुल अफ ड्रामा लगायत भारतका विभिन्न नाट्य समूहसँग सुमधुर सम्बन्ध कायम राखेको छ । नवनिर्मित संरचनाले आरोहण–गुरुकुल नाट्यशाला परिसरमा राम्रो वातावरण सिर्जना गर्नुका साथै मोरङ जिल्लामा नवीन तथा विशेष कार्य गर्न र शिक्षा–संस्कृति क्षेत्रको विकास गर्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये मोरङ जिल्लाका १५ वटा गरी प्रदेश १ मा ७८ वटा परियोजनाहरु रहेका छन् । यसका अतिरिक्त भारत सरकारले विभिन्न स्वास्थ्य चौकी तथा विद्यालयलाई २० वटा एम्बुलेन्स तथा ८ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले सामाजिक–आर्थिक विकासमा नेपाल सरकारसँग सहकार्य गर्दै सदैव सहयोग गर्ने तथा नेपालका विशेष गरी प्राथमिक क्षेत्रका भौतिक पूर्वाधारलाई अभिवृद्घि गर्दै जाने भारत सरकारको प्रतिबद्घतालाई प्रतिबिम्बित गर्दछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा