Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

भारतको विहार सरकार र नेपालको मधेस प्रदेश सरकार बीच पर्यटनको प्रवर्द्धन सम्बन्धमा छलफल

९ चैत्र २०७८, बुधबार १५:२२

आजादी का अमृत महोत्सव (भारत@75) अन्तरगत, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासद्वारा मार्च २२, २०२२ मा भारतको “विहार सरकार र नेपालको मधेस प्रदेश सरकार बीच पर्यटनको प्रवर्द्धन” शीर्षकमा होटल भिस्वा, वीरगन्जमा छलफल आयोजना गरियो। । द्विपक्षीय पर्यटन प्रवद्र्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू समाधान गर्ने र यस सम्बन्धमा सरकारी तथा निजी निकायहरूबीचको सम्पर्क कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री मा. शत्रुघ्न महतो रहनु भएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआइडी पर्सा, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधि सहभागी थिए तथा छलफलमा भारत र नेपालका तर्फबाट आ–आफ्ना धारणा राखेका थिए । प्रमुख अतिथिका साथ उनका प्रदेश सचिव पनि आउनु भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सम्बन्धलाई वक्ताहरूले प्रकाश पारेका थिए। भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटले जोडेको उल्लेख गरिएको थियो । मधेस प्रदेश र बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्द्धनमा ध्यान केन्द्रित गरिएको थियो। सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीमा सुधार र सहजीकरण गर्ने विषयमा मन्त्रीज्यूले सहमति जनाउनु भएको थियो । उहाँले उठाइएका बिन्दुहरूलाई उचित रूपमा लिइएको र समस्याहरू समाधान गर्न उपयुक्त कदम चालिने पनि सहभागीहरूलाई आश्वासन दिनुभयो।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २६८२ मतगणना हुँदा जारी मतगणनाको परिणाम