NRNA logo

नेपालमा अत्याधुनिक बृद्धाआश्रम बनाउने एनआरएनएको घोषणा


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १ सय कोठा क्षमता भएको अत्याधुनिक बृद्धाआश्रम बनाउने भएको छ ।

संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौ स्थित पशुपति क्षेत्रमा सो आश्रम बनाउने निर्णय गरेको हो ।

सो परियोजना सम्पन्न गर्नको लागि अध्यक्ष कूल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट ३ करोड ५६ लाख पचास हजार दुई सय बाइस रुपैयाको प्रतिबद्धता प्राप्त भएको संघले जनाएको छ ।

बैठकले संघको आगामी कार्यकाल संचालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा। हेमराज शर्माको नेतृत्वमा २ जना महासचिव गौरीराज जोशी र डा केशव पौडेल, प्रवक्ता सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरिएको छ ।

संघका राष्ट्रिय समिति (एनसिसिहरुमा) भएका समस्या समाधानकालागि महासचिवद्वय गौरीराज जोशी र डा केशव पौडेलाई क्षेत्रीय संयोजकहरुसंग समन्वय गरि समाधान गर्ने जिम्मा दिने निर्णय भएको छ ।
संघका नव निर्वाचित अध्यक्षहरु डा. बद्री केसी, कुल आचार्य र रविनाद्वारा आजै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरु (आइसिसि सदस्यहरु) लाई सपथग्रहण गराएका छन् ।

संघका प्रवक्ताद्धय शिव वरुवाल र सोम सापकोटाद्धारा सोमवार जारी विज्ञप्ति अनुसार संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक आगामी ९ अप्रिल २०२२ नेपाली समय ४ बजे बस्ने भएको छ ।


Loading comments...