
मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन
१४ चैत्र २०७८, सोमबार १९:३६
भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएका मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको कास्की जिल्लाको लह चोकमा उद्घाटन भयो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “[email protected] आजादीका अमृत महोत्सव”अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।
मोदी–लेखनाथ परियोजना अन्तर्गत ४२ किमि लामो विद्युत प्रसारण लाइनको निर्माण भएको छ भने नयाँ मोदी, लह चोक र लेखनाथमा सबस्टेसनहरुको निर्माण भएका छन् । भारतको एक्जिम बैंकको आर्थिक सहयोग अन्तर्गत भारतको केपीटीएल लिमिटेडले र एबीबीले यस परियोजनाको निर्माण गरिरहेका छन् । परियोजना अन्तर्गतको सबस्टेसन प्याकेजको निर्माण सम्पन्न भएको छ भने प्रसारण लाइनको निर्माण चाँडै सकिनेछ ।
माननीय उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले नेपाल सरकारका वरिष्ठ अधिकारी तथा स्थानीय प्रतिनिधिहरुको उपस्थितिमा सो परियोजनाको उद्घाटन गर्नुभयो । भारतीय पक्षको तर्फबाट भारतीय विदेश मन्त्रालयका सह सचिव श्रीधरण मधुसूधनन नेतृत्वको टोली लगायत विदेश मन्त्रालय, एक्जिम बैंक र भारतीय राजदूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।
भारत–नेपाल उर्जा सहकार्य अन्तर्गत विद्युत परियोजनाको विकास, सीमापार एवम् नेपालभित्रका प्रसारण लाइनको निर्माण र उर्जा व्यापार पर्दछन् । ऋण सहयोग अन्तर्गत मोदी–लेखनाथ परियोजनाका अतिरिक्त भारत सरकारले नेपाललाई चारवटा प्रसारण लाइनका र सबस्टेसन परियोजनाको निर्माणमा सहयोग गरेको छ । ती परियोजनाहरुमा २२० केभी को कोशी कोरिडोर १३२ केभीको सोलु कोरिडोर र ४०० केभी मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनको ढल्केबर–भित्तामोड खण्ड रहेको छन् । छिमेकी पहिलो नीति अनुरुप सीमापार आर्थिक कनेक्टिभिटिलाई सुदृढ बनाउन भारतले गरेको प्रयासमा यस परियोजनाले थप सघाउ पुर्र्याउनेछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको