कोलम्बोमा परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटघाट


परराष्ट्र मन्त्री डाक्टर नारायण खडका र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरबीच भेटघाट भएको छ ।

श्रीलंकाको कोलम्बोमा आजबाट प्रारम्भ भएको १८ औं बिमस्टेक मन्त्रीस्तरीय सम्मेलनका क्रममा दुवै समकक्षीबीच भेटघाट भएको हो । भेटघाटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पूर्वनिर्धारित भारत भ्रमणका सन्दर्भमा छलफल भएको थियो भने कनेक्टिविटी, ऊर्जा, कृषि, स्वास्थ्य तथा बिजुलीको क्षेत्रमा एकापसी सहयोगको सन्दर्भमा चर्चा भएको कुरा भारतीय विदेशमन्त्री जयशंकरको आधिकारीक ट्वीटमा उल्लेख छ ।

जारी ट्वीटमा रामायण सर्किटको प्रगतिमा दुवै देशले ध्यान दिने विषयमा समेत सहमती भएको उल्लेख छ ।

जारी ट्वीट


Loading comments...