
प्रधानमन्त्री शेरबहादुर देउबा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालमा ‘RuPay कार्ड’को शुभारम्भ
नयाँ दिल्ली। प्रधानमन्त्री शेरबहादुर देउबा – Sher Bahadur Deuba यतिखेर ३ दिने भारत यात्रामा हुनुहुन्छ । शनिवार भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी – Narendra Modi सँग आजभएको भेटघाटमा दुवै देशका प्रधानमन्त्रीले दुवै देशका नागरिक-नागरिक बीचको सम्बन्ध र सुविधाको उचाईंमा एक समान भावना र कटिवद्धता देखिएको छ ।
आजभएको भेटका क्रममा दुवै नेताले संयुक्त रूपमा नेपालमा ‘RuPay’ को शुभारम्भ गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदी तथा प्रधानमन्त्री देउबाले संयुक्त रूपमा भारत सरकारको क्रेडिट लाइन अन्तर्गत नेपालमा तयार गरिएको सोलू करिडोर १३२ केभी पावर ट्रान्समिशन लाइन तथा सबस्टेशनको समेत उद्घाटन गर्नुभयो ।
आर्थिक सम्पर्कतामा एउटा नयाँ अध्याय जोड्नेछ ‘RuPay’ कार्डलेः भारतीय प्रधानमन्त्री मोदी
नेपालमा RuPay को शुभारम्भ गर्दै भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, “नेपालमा RuPay कार्डको प्रारम्भ हाम्रो आर्थिक सम्पर्कतातर्फ एउटा नयाँ अध्याय जोड्नेछ । यि बाहेक अन्य परियोजनाहरु, जस्तै नेपाल पुलिस एकेडमी, नेपालगञ्जमा इन्टिग्रेटेड चेक पोस्ट, रामायण सर्किट इत्यादि परियोजनाहरुले पनि दुवै देशलाई एकअर्कासँग झन नजिक ल्याउनेछ । मलाई यो कुराको खुशी छ कि नेपाल अन्तरर्राष्ट्रीय सोलर गठबन्धनको सदस्य बनेको छ । यसबाट हाम्रो क्षेत्रमा टिकाऊ, सस्तो तथा सफा ऊर्जाले प्राथमिकता पाउनेछ ।”
भारतीय प्रधानमन्त्री मोदीले विद्युत सहयोगको प्रसंगमा, “हाम्रो संयूक्त भिजन स्टेटमेन्टले भविष्यमा सहयोगको ब्लूप्रिन्ट साबित गर्नेछ । हामीले नेपालमा पंचेश्वर परियोजनामा तिब्र गतिका साथ काम अगाडी बढाउने महत्वमाथी प्राथमिकता दिएका छौं । यो प्रोजेक्ट यस क्षेत्रको विकासका लागि एउटा गेम चेंजर जस्तै सिद्ध हुनेछ । हामीले भारतीय कम्पनिहरुद्वारा नेपालको हाइड्रोपावर विकास योजनाहरुमा थप बढी सहभागिता विषयमा पनि सहमती जनाएका छौं ।”
“यो त खुशीको विषय हो कि नेपाल आफ्नो अतिरिक्त बिजुली उर्जालाई भारतमा निर्यात गर्दैछ । यसबाट नेपालको आर्थिक प्रगतिमा राम्रो योगदान रहनेछ । भारत तथा नेपालको मित्रता, हाम्रो नागरिक नागरिकबीचको एकापसी सम्बन्ध, यस्तो उदाहरण विश्वमा कहीं कतै हेर्न पाइदैन । हाम्रो सभ्यता, हाम्रो संस्कृति, हामी बीचको आदान-प्रदानको धागो, प्राचीन कालबाटै जुट्दै आएको छ । अनादिकालबाट हामी एक-अर्काको सुख-दुःखको साथी रहेका छौं ।”
छिमेक नीति : भिन्नता सहितको परराष्ट्र नीति।
आज जमिनमा यसको प्रभाव:
– जयनगर र कुर्था बीच सीमापार रेल सेवा।
– सोलु करिडोर विद्युत प्रसारण लाइन र सबस्टेशन।
-१३२ स्वास्थ्य केन्द्र निर्माणमा प्रगति|
-नेपालमा रुपे कार्डको सुरुवात। https://t.co/f8YsFmqFDt
— Dr. S. Jaishankar (@DrSJaishankar) April 2, 2022