भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने भारत भ्रमणमा रहनुभएका देउवा भारत पुगेका थिए ।

भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए ।

मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए । देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच महत्वपूर्ण ४ वटा विषयमा सम्झौता समेत भएको छ ।


Loading comments...