काठमाडौंको मेयरमा उमेदवारी घोषणा गरेकी सुनिता डंगोलले मागिन् घोषणापत्रका लागि सुझाव


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि उमेदवारी दिने घोषणा गरेकी पूर्वमिस नेवाः सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्रमा समावेश गर्ने एजेन्डाबारे सुझाव दिन अपिल गरेकी छन् ।

उनले मेयर पदमा निर्वाचित भई काठमाडौंलाई सुन्दर र व्यवस्थित सहर बनाउने आफ्नो सपनालाई मूर्त रूप दिन युवाहरूको भरपर्दो साथ, सहयोग र समर्थनको अपेक्षा गरेको बताएकी छन् ।

“काठमाडौं सहरलाई सुन्दर र समृद्ध बनाउने सपनासहित काठमाडौंको मेयर पदको उम्मेदवार बन्ने घोषणा गरेकी हुँ,” उनले भनेकी छन् ।

‘त्यसैले मैले यही माटोमा मेरो ज्ञान, सीप र क्षमताको उच्चतम् उपयोग गर्दै यो सहरलाई सुन्दर र समृद्ध बनाउने सपनासहित काठमाडौंको मेयर पदको उम्मेदवार बन्ने घोषणा गरेकी हुँ’, उनले भनेकी छन्।

डंगोलले मुलुक समृद्ध बनाउन नयाँ सोच र जोस भएका युवा आवश्यक रहेको पनि बताएकी छन् ।

“यो सहरको मात्रै होइन मुलुककै भाग्य र भविषय निर्माण गर्ने युवाहरूलाई सांस्कृतिक सहर काठमाडौंलाई थप समृद्ध बनाउने अठोटका लागि निर्माण गर्ने घोषणापत्रमा नविनतम् सोच समावेश गर्न युवाहरूका नूतन योजनाका लागि यही अपिलमार्फत आग्रह गर्दछु,” उनको अपिलमा भनिएको छ।

उनले सुझावका लागि आफ्नो इमेल ठेगाना ([email protected]) दिएकी छन् ।


Loading comments...