प्रधानमन्त्री शेरबहादुरको वाराणसीमा भव्‍य स्‍वागत, एयरपोर्टमा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले गरे स्वागत


भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने भारत भ्रमणका क्रममा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउबा स्वदेश फर्किनु अघि आइतबार बिहान सनातन सभ्यताको प्रचिन शहर Varanasi-वाराणसी पुग्नुभएको छ । प्रधानमन्त्री देउबा सवार विमान नयाँ दिल्लीबाट बिहान वाराणसी – Varanasi तर्फ उडेको थियो । विमान बिहान दश बजे वाराणसीस्थित लाल बहादुर शास्‍त्री अन्तरर्राष्‍ट्रीय विमानस्थलमा अवतरण गरेको थियो । विमानस्थलमा प्रधानमन्त्रीको स्वागतका लागि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ – CM Yogi Adityanath उपस्थित हुनुहुन्थ्यो ।

बाबा विश्वनाथको प्राचिन मन्दिरमा पूजा अर्चना
बाबा विश्वनाथ दरबार परिसरभित्र रहेको काल भैरव मन्दिरमा पुगेर प्रधानमन्त्रीले वैदिक सनातन हिन्दू परम्परा अनुसार बाबा विश्वनाथको दर्शन, पूजा अर्चना सहित विशेष अनुष्‍ठान मा सहभागी हुनुभएको थियो । यस क्रममा प्रधानमन्त्रीले नेपालको सुख समृद्धि तथा शान्तिका लागि बाबा विश्वनाथसँग आशीर्वाद माग्नुभएको थियो ।

उक्त मन्दिरका मुख्य पुरोहित नेपाली मूलका ब्राह्मण टेक नारायणले बीच-बीचमा प्रधानमन्त्रीलाई नेपाली शब्दमा मन्त्रोच्चारण गराईरहनुभएको थियो । यस अनुष्ठानका क्रममा प्रधानमन्त्री शेरबहादुर देउबा हर्षित देखिनुहुन्थ्यो ।

सुरक्षाको विशेष व्यवस्थापन
भारत भ्रमणको अन्तिम दिन पूर्व निर्धारित कार्यक्रम अनुसार वाराणसी पुग्नुभएको प्रधानमन्त्रीको यात्राका सन्दर्भमा केही दिन अघि बाट नै सुरक्षा तथा स्वागतको तयारी भइरहेको थियो । सुरक्षालाई मध्यनजर राख्दै भारतीय सुरक्षा जवानहरु चुस्त देखिन्थे ।


Loading comments...