
पेट्रोलको भाउ फेरि ५ रुपैयाँले बढेर प्रतिलिटर रु. १६० पुग्यो, निगमले ग्यासको भाउ पनि बढायो
२२ चैत्र २०७८, मंगलवार २३:३७
काठमाडौं । नेपाल आयल निगमले तेलको भाउ मध्यरातमा बढाएको छ । सरकारले मंगलबार मध्यरातमा इन्धनको मूल्य वृद्धि गरेको जानकारी दिएको हो ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल अब प्रतिलिटर १६० रुपैयाँ पर्नेछ । पेट्रोलसँगै डिजल, मट्टितेल र हवाइ इन्धनको पनि मूल्य ५–५ रुपैयाँले बढाइएको छ ।
डिजल र मट्टितेल अब प्रतिलिटर १४३ रुपैयाँ पर्नेछ । निगमले हवाइ इन्धनको भाउ पनि बढाएको छ भने ४ महिनापछि खाना पकाउने ग्यासको पनि मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढेर १६ सय रुपैयाँ पुगेको छ ।
नयाँ भाउ मंगलबार राती १२ बजेदेखि लागु हुँदैछ ।
यसअघि साँझ ८ बजे नै इन्धनको भाउ बढेको जानकारी दिइने गर्थ्यो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल