एनआईसी एशिया बैंकका CEO रोशन कुमार न्यौपानेलाई प्रतिष्ठित “म्यानेजर अफ द इयर अवार्ड”


नेपाल व्यवस्थापन संघ (MAN) द्वारा आज काठमाण्डौमा आयोजित एक समारोहका बीच NIC Asia Bank Ltd. का प्रमुख कार्यकारी अधिकृत (CEO) रोशन कुमार न्यौपाने प्रतिष्ठित “म्यानेजर अफ द इयर अवार्ड”ले सम्मानित हुनुभएको छ ।

नेपाल व्यवस्थापन संघ (MAN)द्वारा प्राप्त अवार्ड तथा संघ प्रति खुशी व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत न्यौपाने आफ्नो अनुभूती अभिव्यक्त गर्दै लेख्नुहुन्छः “नेपाल व्यवस्थापन संघ (MAN) द्वारा आज काठमाण्डौमा आयोजित एक समारोहका बीच प्रतिष्ठित “म्यानेजर अफ द इयर अवार्ड”बाट सम्मानित हुन पाउँदा म अत्यन्तै अभिभूत महसूस गरिरहेको छु । यस अभूतपूर्व सम्मानलाई प्राप्त गर्नु वास्तवमैं मेरा लागि अत्यन्तै सौभाग्यको कुरो हो ।”

“म आफ्नो परिवार, सहकर्मिहरु, मित्रहरु, बरिष्ठ अग्रज तथा एनआईसी एशिया बैंक लिमिटेडका प्रत्येक हितधारक प्रति कृतज्ञता छ । म वहाँहरु प्रति ऋणी छु, जसले मलाई प्रेरणा, मनोबल तथा आत्मविश्वासलाई बढाउनुभयो र मलाई अविश्वसनीय अवसरहरुका साथ-साथै विपरीत चुनौतिहरुबारे घच्घच्याईरहनुभयो । मलाई थाहा छ कि जीवन एउटा अत्यन्तै सुन्दर यात्रा हो र यो दृढ इच्छाशक्ती र उद्देश्य बोकेर पहिचानको खोजमा यात्रा गर्नका लागि हुनेगर्दछ, र यस किसिमका पुरस्कार तथा सम्मानले जीवनको त्यस यात्रामा एउटा कोशेढुंगाको रुपमा काम गर्दछ ।”

“नेपाल व्यवस्थापन संघ (MAN), अवार्ड जूरी, तथा तपाईंमध्ये सबैलाई ब्यापक धन्यवाद तथा गहिरो आभार छ, जसले ममाथी विश्वास गर्नुभयो र मलाई यो गर्विलो पुरस्कार प्रदान गर्नका लागि प्रत्यक्ष या अप्रत्यक्ष रूपमा योगदान दिनुभयो ।”


Loading comments...