Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

देशलाई कङ्गाल बनाउने ‘तानाशाह’हरू

२६ चैत्र २०७८, शनिबार २३:४५

सिङ्गापुरका लि क्वान यु, मलेशियाका महाथिर मोहम्मद, चीनका देङ सिआओपिङ आदिले आफ्नो देशलाई धनी तुल्याएर प्रसिद्धि कमाए। तर केही नेताहरूले भने देशलाई कङ्गाल पारेर कुख्याति कमाए। चर्को राष्ट्रवादको नारा घन्क्याए तर मुलुकलाई निर्धन पारे।

देशलाई कङ्गाल बनाउने तानाशाहहरूमध्ये रोबर्ट मुगाबेको नाम अग्रपङ्क्तिमा पर्दछ। जिम्बाब्वेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबे देशको सर्वोच्च सत्तामा करीब ४० वर्ष आसीन रहे, त्यस अवधिमा देशलाई कङ्गाल नै पारे। उनको कार्यकालमा देशमा महँगी यतिसम्म बढ्यो कि मानिसहरू सामान खरीद गर्न झोलामा पैसा बोकेर बजार जानुपर्ने भयो। अर्थात् जिम्बाब्वेको मुद्राको क्रयशक्ति यति घट्यो कि क्रेताहरूले पैसा (जिम्बाब्वेको डलर) झोलामा बोकेर बजार जानुपर्ने भयो। बढी मूल्यका सामान खरीद गर्न त ठेलागाडामा पैसा बोकेर बजार जानुपर्ने स्थिति भयो। मुद्रास्फीति यतिसम्म बढ्यो कि जिम्बाब्वेको सरकारले एक सय ट्रिलियन डलरको नोट निष्कासन गर्यो।

लेखकः विश्वराज अधिकारी

Dictators Who Made Their Country Poorer

राष्ट्रवादको चर्को नारा दिएर सत्तामा पुगेका मुगाबेले देशलाई आर्थिकरूपमा बर्बाद पारे। चर्को राष्ट्रवादको नारा घन्क्याउने नेताहरू अति नै तानाशाह हुन्छन् र सत्तामा टिकिरहन उनीहरू देशलाई आर्थिकरूपमा बर्बाद पार्न पछि हट्दैनन् भन्ने कुराको बलियो प्रमाण मुगाबेले दिए। कस्तो अचम्म! मुगाबेको नेतृत्वमा भएको आन्दोलनले अल्पसङ्ख्यक गोरोहरूको जिम्बाब्वेमा रहेको सत्तामाथिको पकड खोसेर बहुसङ्ख्यक कालाहरूको हातमा पु¥याएको थियो। तर पछि त्यो आन्दोलन मुगाबेले आफ्ना सवर्ण कालाहरूको लागि गरेको नभएर आफू सत्तामा पुग्न गरेका रहेछन् भन्ने कुरा प्रमाणसहित प्रस्ट भयो।

अङ्ग्रेजहरू दक्षिण एशिया पस्दा दक्षिण एशिया वा त्यस वरपरकको कुन राष्ट्र आर्थिकरूपमा बलियो छ भनेर खोजी गरेका थिए। उनीहरूले त्यस बेलाको बर्मा, अहिलेको म्यान्मालाई अति धनी राष्ट्रको रूपमा पाएका थिए। अङ्ग्रेजहरू दक्षिण एशिया आउँदा पहिले बर्मा पसेका हुन् र त्यसपछि भारत आए। बर्मा त्यस बेलादेखिको धनी राष्ट्र हो। पहिले नेपाल, भारत, पाकिस्तान आदिबाट मानिसहरू काम गर्न वा रोजगारको लागि बर्मा जाने गर्दथे। बर्मामा अहिले पनि भारतीय एवं नेपालीहरूको बाक्लो बसोवास छ। त्यस्तो धनी राष्ट्र बर्मालाई त्यहाँका तानाशाह (सेनाका जनरल)हरूले कङ्गाल पारे। राष्ट्रवादको चर्को नारा घन्क्याउने सेनाका जनरलहरूले सत्तामा टिकिरहन बर्मालाई कङ्गाल नै पारे। अहिले बर्मा यतिसम्म चीनप्रति निर्भर हुन पुगेको छ कि चीनले बर्मातर्फ सामान निर्यात गर्न रोक्का गर्ने हो भने बर्मा आर्थिकरूपमा टाट पल्टिने छ, श्रीलङ्काझैं। त्यहाँ हाहाकार हुनेछ।

सत्ताको चास्नीको स्वाद पाएका पाकिस्तानका तानाशाह (सेनाका जनरल)हरूले पाकिस्तानको शासन व्यवस्था त्यस देशको स्थापनाकालदेखि आफ्नो हातबाट बाहिर जान दिएका छैनन्। पाकिस्तानका प्रधानमन्त्रीहरू जननिर्वाचित भए तापनि उनीहरूले सेनाको इच्छा अनुसार काम गर्नुपर्छ। सेनाको इच्छाविपरित काम गर्ने प्रम सत्ताबाट बाहिरिनुपर्छ वा कुनै षड्यन्त्रको शिकार हुनुपर्छ। यसले गर्दा पाकिस्तानको कुनै पनि प्रमले अहिलेसम्म कार्यकालको सम्पूर्ण अवधि काम गर्न पाएको इतिहास छैन। हालका प्रम इमरान खानलाई सत्ताबाट बाहिर पु¥याउन त्यहाँका सेनाका जनरलहरू लागिपरेका छन्। सेनाका जनरलहरूको षड्यन्त्रको शिकार भएर नै त्यहाँका प्रम जुल्फिकार अली भुट्टोले फाँसीको सजाय पाएका थिए। पाकिस्तानका जनरलहरूले प्रम भुट्टोलाई फाँसीमा चढाएका थिए।

पाकिस्तानी सेनाका जनरलहरूले सत्तामा टिकिरहन पाकिस्तानलाई गरीब पार्दै लगेका छन्। साधन र स्रोतले भरपूर पाकिस्तान सेनाका जनरलको छायाबाट बाहिर आउने हो भने कम समयमा नै धनी हुन सक्छ। यस कुराको उदाहरणको लागि बङ्गलादेशको आर्थिक प्रगतिलाई लिन सकिन्छ। बङ्गलादेशमा सेनाका जनरलहरूभन्दा जननिर्वाचित नेताहरू राजनीतिकरूपमा बलिया छन्। तर अचम्मको कुरा के छ भने पाकिस्तानी सेनाका जनरलहरू आफूलाई नेताभन्दा अति राष्ट्रवादी मान्दछन्। त्यस्तो प्रचार गर्छन्। भारत र पाकिस्तान केवल केही घण्टाको अघिपछि बेलायताबाट स्वतन्त्र भएका हुन्। अहिले भारतको प्रतिव्यक्ति आय २,३१३ डलर छ भने पाकिस्तानको प्रतिव्यक्ति आय १,२५५ डलर छ। यी दुई राष्ट्रको प्रतिव्यक्ति आयको स्थितिको तुलना गर्दा पाकिस्तानका सेनाका जनरलहरू आफूहरू शक्तिमा रहन देशलाई धनी हुन दिइरहेका छैनन् भन्ने तथ्यको पुष्टि हुन्छ। पाकिस्तानमाझैं भारतमा सेनाका जनरलहरू बलिया छैनन् । उनीहरू सत्ता आफ्नो हातमा लिन चाहँदैनन्। र सत्ता उनीहरूको हातमा जान सक्ने स्थिति पनि छैन।

तानाशाहीमा अति कुख्यात उत्तर कोरियाका नेता किम जोङ उनले देशलाई आर्थिकरूपमा धराशयी नै पारेका छन्। उत्तर कोरियाका यी तानाशाह र यिनका भरौटेहरूले देशलाई दिन प्रतिदिन गरीब तुल्याउँदै लगेका छन्। आफ्नो सत्ता टिकाउन चीनको दास हुन पुगेका उत्तर कोरियाका तानाशाह वा नेताहरूले जनतालाई बन्दीझैं बनाएका छन् र देशलाई कारागारको रूपमा परिणत गरेका छन्। जबकि टुक्रिएर दुई कोरिया हुन पुगेको दक्षिण कोरिया अहिले एशिया मात्र होइन, विश्वकै धनी राष्ट्रहरूको श्रेणीमा पर्दछ। उत्तर कोरियाले गरीब राष्ट्रको पहिचान पाएको छ। राष्ट्रवादको नारा घन्क्याउन किम जोङ उन र उनका भरौटे (सेनाका जनरल)हरू पाकिस्तानका जनरलहरूभन्दा एक हात अगाडि छन्।

दक्षिण अमेरिकामा अवस्थित भेनजुयला विश्वमा नै सर्वाधिक पेट्रोलियम पदार्थ सञ्चिति भएको देश हो। भेनेजुयलासँग अहिले २९,९९,५३,००० ००० ब्यारेल तेल (पेट्रोलियम) सञ्चिति रहेको छ। तर यो देशको आर्थिक स्थिति अहिले नाजुक छ। देशको राजनीतिक स्थिति (तानाशाही) र आर्थिक दुरवस्थाले गर्दा यस देशको करीब एक तिहाइ नागरिकले देश छाडेका छन् र अन्य देशहरूमा राजनीतिक शरण लिएर बसेका छन्। कम्युनिस्ट नेताहरूले आफू सत्तामा बस्न भेनेजुयलालाई आर्थिक सङ्कटको स्थितिमा पु¥याएका छन्। अति गरीब तुल्याएका छन्। पहिले अर्थात् १४ वर्षसम्म ह्युगो चाभेजले यस देशमा तानाशाही कायम गरे भने अहले निकोलस मदुरोको तानाशाही कायम छ। भेनजुयलामा राष्ट्रपति मदुरोले तानाशाही कायम गरेको पनि नौ वर्ष जति भयो। मदुरो पनि भेनेजुयलाका अन्य नेता (विपक्षी)हरूलाई देशद्रोही देख्छन् र केवल आफू सर्वाधिक राष्ट्रवादी भएको नारा घन्काउँछन्। मजदूरहरूको नेता भएर राजनीतिमा प्रवेश गरेका मदुरो अहिले मजदूर (गरीब)हरूको रोजीरोटीको शत्रु बन्न पुगेका छन्। भेनेजुयलाको शासन व्यवस्थामा सदा पकड कायम राख्न मदुरोले धनी देश भेनजुयलालाई गरीब पार्दै लगेका छन्।

सिद्धान्तले प्रजातान्त्रिक तर व्यवहारले तानाशाही चरित्रका नेपालका नेताहरूले पनि नेपाललाई क्रमिकरूपमा गरीब पार्दै लगेका छन्। आफू शक्तिमा रहन यी नेताहरूले देशलाई क्रमिकरूपमा गरीब पार्दै लगेका छन्। सत्ताका लागि जहिले पनि षड्यन्त्रमा लीन यी नेताहरूको व्यवहारले गर्दा नै यो मुलुक गरीबीको दुष्चक्रबाट बाहिर आउन सकेको छैन । देशमा रोजगार छैन । कामको खोजीमा युवाहरू विदेशिनुपरेको छ।

नेपालका कम्युनिस्ट नेताहरूले त नेपाललाई गरीब बनाउन विशेष भूमिका नै निर्वाह गरेका छन्। नेपाललाई आर्थिकरूपमा अति कमजोर पार्न माओवादी नेताहरूले भने विशेष भूमिका निर्वाह गरे। पुष्पकमल दाहालको नेतृत्वमा भएको दश वर्षे जनयुद्धले नेपाललाई आर्थिकरूपमा वर्षौं पछाडि पा¥यो। जनयुद्ध नाम दिइएको त्यो अति रक्तपातपूर्ण सङ्घर्षले बैंक लुट्ने, निजी एवं सार्वजनिक भवन ध्वस्त गर्ने, प्रहरी एवं प्रशासनिक भवनहरू बमले उडाउने, बसमा बम पड्काउनेजस्ता कामहरू ग¥यो। त्यस जनयुद्धमा आर्थिक विकासका लागि आवश्यक अनेकौं भौतिक संरचना नष्ट भए। गरीबहरूका लागि भनेर गरिएको त्यो जनयुद्धले गरीबहरूको आर्थिक विकासका लागि केही गरेन। त्यस जनयुद्धको उपलब्धिको रूपमा बरु पुष्पकमल दाहाल र उनका परिवारहरूका सदस्यहरूले सत्ता सुख प्राप्त गरे। दाहाल प्रधानमन्त्री भए। जनयुद्धका नाममा ज्यान दिने, अङ्गभङ्ग हुने, यातना सहने माओवादी कार्यकर्ताहरू र उनीहरूको परिवारले के पाए?

नेपाललाई गरीब पार्नमा प्रजातन्त्रको आवरणभित्र तानाशाही गर्ने खोज्ने प्रजातान्त्रिक नेताहरू पनि उत्तिकै जिम्मेवार छन्। पाँचपटक नेपालको प्रधानमन्त्री हुने पुगेका शेरबहादुर देउवाको नेपालको आर्थिक विकासमा के योगदान रह्यो? केवल सत्ता र शक्तिका लागि राजनीति गर्ने देउवालाई आर्थिक विकासमा योगदान पु¥याउने नेताको रूपमा के नेपाली जनताले स्मरण गर्नेछ ? यो प्रश्नले देउवालाई सदैव पछ्याउनेछ।

२०४६ सालदेखि सक्रियरूपमा राजनीति गरिरहेका र तीन दशकदेखि नेपालको राजनीतिलाई आफ्नोवरिपरि घुमाउन सफल भएका तथा प्रमसमेत पनि भइसकेका व्यक्तिहरू केपीशर्मा ओली, झलनाथ खनाल, माधव नेपाल आदिको नेपालको आर्थिक विकासमा के योगदान रह्यो, नेपालको इतिहासले अवश्य पनि प्रश्न गर्नेछ।

केवल सत्ता र शक्तिका लागि जहिले पनि षड्यन्त्र गर्ने र देशको आर्थिक विकासका लागि मिलेर होइन, नित्य गुट र फुटमा सक्रिय रहने नेपालका नेताहरू पनि देशलाई आर्थिकरूपमा कमजोर पार्नमा रोबर्ट मुगाबे, निकोलस मदुरो, किम जोङ उन, पाकिस्तानी र बर्माका सेनाका जनरलहरूझैं जिम्मेवार छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said