Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

प्रमोद खरेलको आवाज र एन्जिला बानियाँको अभिनय रहेको ‘चुपचाप मन पराए’ सार्वजनिक

६ बैशाख २०७९, मंगलवार २३:२८


काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको गीतमा कृति न्यौपानेको सङ्गीत छ । ओम प्रकाश अवस्थीको निर्देशन र कथा रहेको गीतको भिडियोलाई मेघराज मघरातीले खिचेका हुन् ।

भिडियोमा रोहित बस्नेत र एन्जिला बानियाँ मुख्य मोडेलका रूपमा देखा परेका छन्। रोहित र एन्जिला छिटो समयमै आफ्नो प्रतिभाले दर्शकको माया बटुल्न सफल भएका छन्।

भर्खर १५ वर्ष पुग्न लागेकी मोडेल एन्जिला बानियाँले अहिलेसम्म धेरै गीतमा अभिनय गरिसकेकी छन्। उनको प्राकृतिक सुन्दरता र मनै लोभ्याउने अभिनयले छोटो समयमै र सानो उमेर मै धेरै दर्शकको मन मुटुमा बस्न सफल छिन्। यस्तै राम्रो अभिनयका साथ एन्जिला अघि बढ्ने हुन भने नेपाली म्युजिक इन्डस्ट्रीमा उनलाई एक आशालाग्दो पात्रका रूपमा हेरिएको छ।

नेपाली गीतसङ्गीत छोडेर युवाहरूको ध्यान विदेशी गीतसङ्गीत मा गइरहँदा एन्जिला जस्ता युवाको नेपाली गीतसङ्गीत र अभिनयमा प्रवेशले नेपाली अभिनय क्षेत्रको भविष्य पनि उज्ज्वल देखिन्छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज