Lifestyle Portal
  •   ३ जेष्ठ २०७९, मंगलवार

निर्वाचनको ७२ घण्टाअघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

६ बैशाख २०७९, मंगलवार २३:३५

काठमाडाैँ – स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ ।

भारतको मधुवनी जिल्लास्थित जयनगरमा आज बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए ।

बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले गर्नुभएको थियो भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डीएम अमित कुमारले गरेका थिए ।

सो बैठकमा प्रजिअ पौडेलसहित सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार