Lifestyle Portal
  •   ४ जेष्ठ २०७९, बुधबार

गर्भनर अधिकारीमाथि कुनै कारवाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

६ बैशाख २०७९, मंगलवार २३:४२

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैकका निलम्बित गर्भनर महाप्रसाद अधिकारीलाई कुनै कारवाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फूयाँलको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

सर्वोच्चले वैशाख १३ गते दुवै पक्षलाइ बोलाएको छ । अन्तरिम आदेश दिनुपर्ने या नपर्ने भन्ने विषयमा दुवै पक्षलाइ बोलाइएको हो । त्यतिन्जेलसम्म २४ गतेको मन्त्रिपरिषद् निर्णय र २५ गतेको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो ।

गत चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । छानविन समिति गठनसँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका थिए । कुनै गल्तीविनै प्रतिशोधका कारण सरकारले आफूमाथि छानबिन थालेको भन्दै अधिकारीले सरकारको निर्णय नै खारेजीको मागदाबी गर्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

अर्थशास्त्रका विभिन्न पेंचिला सिद्धान्तहरू हामीले अहिले पनि राम्ररी बुझ्न सकेका छैनौं। अर्थशास्त्रका अनेक पेंचिला सिद्धान्तहरू हामीले बुझ्न बाँकी छ। यी

रूसी राष्ट्रपति भ्लादिमीर पुटिन केवल हत्यारा मात्र होइनन्, उनी ठूला आर्थिक अपराधी पनि हुन्। उनको स्वेच्छाचारी एवं अराजक क्रियाकलापले गर्दा

काठमाडौं – नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेको छ ।