नयाँ वर्षको पहिलो सूर्य ग्रहण, नेपाल र भारतमा यो ग्रहण देखिनेछैन?


विक्रम संवत् २०७९ को पहिलो सूर्य ग्रहण (Surya Grahan – Solar eclipse of April 30, 2022) बैशाख १७ गते मा लाग्दैछ । सूर्य ग्रहण लागेको ठीक १५ दिन पछि चन्द्र ग्रहण (Chandra Grahan – Lunar eclipse of May 16, 2022) जेठ २ गते लाग्ने छ । बैशाख र जेठमा लाग्ने सूर्य तथा चन्द्र ग्रहणको पूरा जानकारी विस्तारमा हेर्नुहोस् । यी दुवै ग्रहण नेपालबाट भने देखिने छैन।

ज्योतिष विज्ञान, आधूनिक विज्ञान तथा धार्मिक गणित अनुसार ग्रहणको विशेष महत्व रहेको छ । सूर्य ग्रहण खगोलीय रुपमा त्यसबेला लाग्दछ जब पृथ्वीको एक भागमा चन्द्रमाको छाँया पर्दछ । यो अवस्था खगोलीय घटनाहरुमा रूचि राख्नेहरुका लागि कम्ती रोमाञ्चक हुदैन । त्यस्तै धार्मिक दृष्टिकोण र मान्यता अनुसार ग्रहण लाग्नु अशुभ मानिन्छ । सूर्य ग्रहणले मानव शरीरमा खराब असर पार्छ भन्ने मान्यता अनुरुप सूर्य ग्रहणका क्रममा दैनिक जीवनका कैंयन कार्यहरुमा बन्देज लगाइन्छ । धार्मिक समाजमा ग्रहण लाग्दा सूतक बार्नुका साथै केही व्यावहारिक निषेध पालना गर्ने विधान छ। धर्मशास्त्रअनुसार नदेखिने ग्रहणकाे दाेष भने बार्नु पर्दैन।

सूर्य ग्रहण लाग्ने समय र देशहरुः
यो सूर्य ग्रहण बैशाख १७ गते शनिवार राती १२ बजेर ३० मिनेटमा प्ररम्भ भएर बैशाख १८ विहान ४ बजेर २२ मिनेट (कूल अवधि ३ घण्टा ५२ मिनेट) सम्म रहने छ । सूर्यग्रहण चन्द्रग्रहणको तुलनामा दुर्लभ मानिन्छ। चन्द्रमाले सूर्यलाई छेक्दा चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहण लाग्ने गर्दछ। यस्तो छायाँ पर्ने क्षेत्र छानो हुने हुँदा सूर्यग्रहण पृथ्वीको सिमित क्षेत्रमा मात्रै देखिन्छ। यस पटकको सूर्यग्रहणमा चन्द्रमाको छायाँ दक्षिणी अमेरिका तथा अन्टार्टिकाका केहि भागमा मात्रै पर्ने भएकोले ती क्षेत्रमा मात्रै सूर्यग्रहण लागानैछ। यस कारण यस सूर्य ग्रहण रातको समयमा हुने भएकोले नेपालमा यो देखिन सकिने छैन भन्ने होईन । पञ्चाङ अनुसार वैशाख कृष्ण पक्षको औंसीबाट प्रारम्भ हुने यो सूर्य ग्रहण समाप्त हुँदा प्रतिपदा तिथि लागि सकेको हुनेछ । यस अवस्थामा सूर्य तथा चन्द्र दुवै मेष राशिमा प्रवेश गर्नेछन् । यो सूर्य ग्रहणले नक्षत्रः भरणी तथा राशिः मेष भएकाहरुलाई प्रभावित गर्नेछ ।

बैशाख १७, २०७९ को पञ्चाङ हेर्नुहोस् – Panchanga April 30, 2022
वारः शनिवार
Nakshatra: अश्विनी , २०:११ बजे उप्रान्त भरणी
Tithi: औंसी , २५:३४ बजे उप्रान्त प्रतिपदा
Karan: चतुष्पद १३:१५ बजेदेखि नाग , २५:३४ बजे उप्रान्त वालव
Yog: प्रीति , १५:३५ बजे उप्रान्त आयुष्मान्

यो सूर्य ग्रहण दक्षिण अमेरिकाको दक्षिण, पश्चिम भाग, प्रशान्त तथा एटलान्टिक महासागर, अन्टार्कटिकामा मात्र देखिने छ । धार्मिक महत्व राख्ने नेपाल तथा भारतका नागरिकले आफ्नो भूगोलमा यसको अनुभव गर्न पाउने छैनन । अर्थात नेपाली समय अनुसार रातको समय यो ग्रहण हुने भएकोले यस क्षेत्रमा यसको प्रभाव रहन्न । तर सूर्य ग्रहणको यस विशेष घटनालाई विश्वभरका विभिन्न टेलिभिजन च्यानलहरुले प्राथमिकताका साथ प्रत्यक्ष प्रशारण गर्नेछन् भने इन्टरनेटमा उपलब्ध अन्य LIVE स्ट्रिमिङ मार्फत् पनि यो घटना हेर्न सकिन्छ ।

नदेखिने ग्रहणकाे दाेष त हुन्न तर धार्मिक मान्यता बुझिराखौंः
वैदिक सनातन हिन्दू मान्यता अनुसार सूर्य ग्रहणका क्रममा गर्भवती महिलाहरुले यि कुराहरुमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छः
हाम्रो प्राचिन धार्मिक मान्यता अनुसार सूर्य ग्रहणको सबैभन्दा बढी असर गर्भवती महिलाहरुमा पर्ने गर्दछ । यसकारण ग्रहणकालमा गर्भवती महिलाहरुलाई घरबाट बाहिर ननिस्किन सल्लाह दिइन्छ । धार्मिक मान्यताहरुका अनुसार यदि गर्भवती महिला सूर्य ग्रहणका क्रममा घर बाहिर निस्किएमा शरीरमा केही रातो खालको डोब/दाग अथवा छालासंग सम्बन्धीत कुनै किसिमको समस्या देखिन सक्छ । र यसरी सूर्य ग्रहणको प्रभावका कारण पछि जन्मिने नवजात शिशुको शरिरको कुनै भागमा समेत त्यस्तो रातो डोब या दाग देखिन सक्ने मान्यता रहि आएको छ । सूर्य ग्रहणको क्रममा गर्भवती महिलाहरुलाई तिखो अथवा धारिलो हतियार प्रयोग नगर्न समेत सल्लाह दिइन्छ ।


Loading comments...